images
images

इन्नोभेटिभ इन्भेस्टमेन्ट समूहलाई अन्तर्राष्ट्रिय आई.एस.ओ. प्रदान 

काठमाडौं, फागुन ४ 
इन्नोभेटिभ इन्भेस्टमेन्ट समूहलाई हालै एक कार्यक्रम बीच आई.एस.ओ प्रमाण पत्र प्रदान गरियो । यस समूह सगँ आबद्ध टेकार्ट ट्रेकिज प्रा.ली. र इण्डिया इन्टरनेशनल समूह नेपाललाई छुट्टाछुट्टै कार्यक्रम बीच आई.एस.ओ. ९००१:२०१५ द्वारा विभूषित गरियो । आई.एस.ओ. ९००१:२०१५ का मार्गनिर्देशन अनुसार सम्पूर्ण मापदण्डहरु पूरा गरेको संस्थाले उक्त प्रमाणपत्र प्राप्त गर्न सक्छन । यसका निम्ति संस्थाले सो मापदण्ड पूरा गरेको/नगरेको तेस्रो पक्षिय निरिक्षण गरे पछि उक्त प्रमाणपत्र प्राप्त गरिएको हो । आइ.आइ.क्यू.ए को तर्फबाट  अन्तर्राष्ट्रिय विज्ञ जेनेट सेण्डर्स र ब्लेज शेण्डर्सले प्रदान गर्नु भएको हो । नेपालमा विगत २० वर्ष यता विकासका विविध कार्यक्रमहरुमामा संलग्न उहाँहरु उक्त प्रमाणपत्रका लागि संस्थाहरुलाई सहजीकरण गर्ने संस्था आइ.आइ.क्यू.ए सगँ सम्बद्ध हुनुहुन्छ । 
इन्सिट्यूट अफ इन्नोभेसन एण्ड क्वालिटी एस्सुरेन्स आइ.आइ.क्यू.ए) विभिन्न संस्थाहरुको गुणस्तर व्यवस्थापन गर्न संस्थाहरुलाई विभिन्न प्रमाणपत्रहरु जस्तै आई.एस.ओ. ९००१, आई.एस.ओ. १४००१ (वातावरण), आई.एस.ओ. ४५००१ (स्वास्थ्य र सुरक्षा) जस्ता विभिन्न प्रणाली व्यवस्थापन अन्तर्गत आई.एस.ओ. प्राप्त गर्नका निम्ति सहजीकरण गर्ने गर्छ । भारतको एक अग्रणी संस्था टिएनभी मार्फत अमेरिका स्थित यू.ए.फ नामक एक्रिडेसन मार्फत विभिन्न विधामा प्रमाण पत्र पाउन सकिने व्यवस्था आइ.आइ.क्यू.ए ले गरेको छ । विभिन्न संस्थाहरुलाई यस अवस्थामा पुर्याउने आइ.आइ.क्यू.ए मार्फत विभिन्न तालिम तथा सहजीकरणको व्यवस्था गर्ने गरिन्छ । इन्नोभेटिभ इन्भेस्टमेन्ट समूहका प्रमुख सन्जिव मैनालीले आफ्ना संस्थाहरु आई.एस.ओ. ९००१/२०१५ मार्फत प्रमाणीकरण हुन सक्दा प्रशंसा व्यक्त गर्नु भयो । आइ.आइ.क्यू.ए का प्रमुख इनुषा खड्काले इन्नोभेटिभ इन्भेस्टमेन्ट समूहले आई.एस.ओ.को महत्व बुझि आफ्नो संस्थालाई विश्वास गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । आई.एस.ओ. का अतिरिक्त संस्थाले विभिन्न कलेजहरुलाई विश्वविद्यालय अनुदान आयोग मार्फत गरिने क्यू.ए.ए (गुणस्तर निर्धारण ) कार्यमा समेत सघाउने गरेको कुरा उहाँले बताउनु भयो ।