images
images

शान्तिनगरका सुकुम्वासीलाई ‘सेतो पुर्जा’

काठमाडौँ, असार २ (रासस)
दाङ शान्तिनगर गाउँपालिका-१ का भूमिहीन सुकुम्वासीलाई अस्थायी निस्सा ‘सेतो पुर्जा’ वितरण गरिएको छ । पहिलो चरणमा वडाका पाँच सय ३४ जनालाई सेतो पुर्जा वितरण गरिएको वडाध्यक्ष जङ्गबहादुर पुनले जानकारी दिनुभयो । 

 

“अतिविपन्न भूमिहीन सुकुम्वासीलाई पहिलो चरणमा सेतो पुर्जा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “अव्यवस्थित बसोबास गरेकालाई पनि व्यवस्थित बनाउने तयारीअनुरुप सेतो पुर्जा वितरण गरिएको हो ।” 

 

अब अमिनले फिल्डमा गएर नापजाँच गर्ने र सोहीअनुसार रातो पुर्जा पाउने उहाँको भनाइ छ । योसँगै शान्तिनगरमा भूमिसम्बन्धी समस्या समाधानको काम अघि बढेको पालिका अध्यक्ष प्रमोद बस्नेतले बताउनुभयो । “पहिलो चरणमा वडा नं १ बाट पुर्जा वितरण सुरु भयो”, उहाँले भन्नुभयो, “अब सबै वडामा यसरी पुर्जा वितरणको काम अघि बढाउनेछौँ ।”