काठमाडौँ - सोमबार देशभर मौसममा बदली रहनेछ ।
पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रदेशको पहाडी भू–भागमा भू–क्षय, पहिरोको जोखिम छ ।
नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन÷ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।
हाल देशभर देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।