काठमाडौं, फागुन २ (अनलाईन बहस)
सामाजिक कलाकारिता नेपाल अभियानले आज एक कार्यक्रमबीच नयाँ कार्य समितिको चयन गर्यो । अम्बादत्त भट्ट संयोजक रहेको उक्त समितिमा अकिम मालाकार, प्रमिला केशी, रुपेन्द्र महर्जन, बालकृष्ण शर्मा, राधाकृष्ण लामिछाने, सविता पौडेल, सन्तोष देव सदस्य हुनुहुन्छ भने इशु सुब्बा सदस्य सचिवका रुपमा रहनुभएको छ ।
तीन वर्षे नया समितिले नेपाल तथा छिमेकी देशहरुमा सामाजिक कलाकारिता विषयमा तालिम सञ्चालन गर्ने, सभा सम्मेलन गर्ने, परियोजना कार्यान्वयन गर्ने आदि कामहरु गर्नेछ । यस समितिलाई सरसल्लाह दिने उद्देश्यले एक सात सदस्यीय सल्लाहकार समितिको स्थापना गरिएको छ
। यस्मा जेनेट शेण्डर्स, ब्लेज शेण्डस्, एभिलेन कुरिहारा, प्रा. तत्वप्रसाद तिम्सिना, घनश्याम कोइराला, जुजु तुलाधर र अश्विन पुडासैनि रहनुभएको छ । अभियानले आगामी २०२४ को मार्चमा नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रशिक्षण तालिमको आयोजना गर्न गैरहेको कुरा नव निर्वाचित सदस्य सचिव इशु सुब्बाले बताउनु भयो ।
गत हप्ता मात्रै करिब ७० जनाको सहभागितामा अभियानले सामाजिक कलाकारिता विषय राष्ट्रिय सम्मेलनको आयोजना गर्यो । सम्मेलनले २० वर्षे रणनीतिको समेत तर्जुमा गरेको बताउदै अबको दिनमा उक्त रणनीति कार्यान्वयन गर्ने दिशामा अघि बढ्ने प्रतिबद्धता रहेको कुरा अभियानका सदस्य प्रमिला के.शीले बताउनु भयो ।