images
images

टिसीएल विश्वकै पहिलो ठूलो टिभी ब्राण्ड बन्न सफल

काठमाडौँ - नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्न सधै अग्रसर टिसीएल ब्राण्डलाई ओम्दिया ग्लोबल टि.भी डिजाईन एण्ड फिचर्स ट्र्याकर रिपोर्टले टिसीएल ग्लोबल नम्बर १ एण्ड्रोइड टि.भी ब्रान्ड प्रमाणीत गरेको छ । टिसीएल ब्राण्ड उपभोक्ता माझ विश्वस्तरिय उत्पादनले प्रख्यात भएको छ ।

ओम्दिया ग्लोबल टि.भी डिजाईन एण्ड फिचर्स ट्र्याकर रिपोर्टका अनुसार गत बर्ष सन २०२१ मा १८ करोड ९० लाख वटा स्मार्ट टिभी सिपमेन्ट भएको थियो । त्यस मध्ये सात करोड ३२ लाख वटा एण्ड्रोइड स्मार्ट टि.भीको सिपमेन्ट भएको थिए, जसको २० दशमलव सात टि.भी यानी एक करोड ५१ लाख वटा टिसीएलको टि.भीको सिपमेन्ट भएको थियो, जसले टिसीएललाई मार्केट सेयरको आधारमा ग्लोबल नम्बर १ एण्ड्रोइड स्मार्ट टि.भी ब्रान्ड बनाएको छ ।

टिसीएल ब्राण्डले नेपाली बजारमा छोटो समयमा नै लोकप्रियता हासिल गर्न सफल भएको छ । ३२ देखि ७५ ईन्च सम्मको स्मार्ट र नन–स्मार्ट मोडलहरुमा उपल्ब्ध टिसीएल ब्राण्डले नेपालमा क्युलेड फोरके, फोरके यूएचडि, कर्भड स्मार्ट का साथै गुगल टि.भी पनि भित्र्याएको छ । ग्राहकहरुको उच्च रोजाई बन्न सफल भएको टिसीएल ब्राण्डले आफ्ना टि.भीहरुमा तीन वर्षको वारेन्टी प्रदान गर्दै आएको छ । नेपालमा टिसीएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर लगायतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्सको इ.ओ.एल.मार्फत नेपाली बजारमा बिक्री हुने गरेको छ ।

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन ।