काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा कुटाकुट भएको छ । आज आइतबार पार्टीको केन्द्रीय कार्यालय काठमाडौँको धुम्बाराहीमा बसेको बैठकमा सो घटना भएको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अगाडी नियुक्त गरेका अन्जना शाहको विषयलाई लिएर कुटाकुट भएको बताइएको छ । एक नेताका अनुसार शाह र अर्की नेत्री कुमारी तामाङबीच असन्तुष्टि बढेका कारण कुटाकुट भएको हो ।
सुरुमा दुवै पक्ष नम्र रुपमा प्रस्तुत भएता पनि त्यसको एकैछिनमा भनाभन र कुटाकुट भएको थियो । राप्रपाका महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङलगायतका केही नेताहरु घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।