images
images

फोहर व्यवस्थापन चुनौति हो कि अवसर

फोहर व्यवस्थापन गर्दा विभिन्न फोहरहरु आउँछन् जस्तो औद्योगिक, जैविक, घरायसी, नगरपालिकाको, बायोमेडीकल, रेडीयोएक्टीव आदि । फोहर व्यवस्थापनमा फोहरलाई जम्मा गरेर विसर्जन गर्ने प्रक्रिया हुन्छन् । जस अन्तरगत फोहर संकलन, यातायात, व्यवहार र फोहर बिसर्जन पर्दछन् । फोहर ठोस, तरल तथा ग्यासको रुपमा हुन्छ । यसको बिसर्जन तथा व्यवस्थापन गर्ने तरिका फरक हुन्छन् । फोहर राम्रोसंग व्यवस्थापन नगरे मानविय स्वास्थ्यमा असर गर्छ । मानविय स्वास्थ्य, वातावरण र प्लानेटरी रीसोरसेसमा नराम्रो असर नपरोस भनेर फोहर व्यवस्थापन गरिन्छ । महानगरपालिकाले औद्योगिक, व्यापारिक र घरायसी फोहर संकलन गर्छ । दिगो र बस्न योग्य शहर बनाउनको लागि फोहर व्यवस्थापन गर्नुपर्छ । विकाशील देशका शहरहरुमा फोहर व्यवस्थनपन एउटा चुनौति हो । प्रभावकारी फोहर व्यवस्थापन गर्न महंगो पर्छ ।

 

फोहर छुटयाउने क्रममा फोहरलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ जस्तो ओसिलो फोहर र सुख्खा फोहर । सुख्खा फोहरलाई निर्मलीकरण गरेर पुन प्रयोग गरिन्छ भने ओसिलो फोहरलाई कम्पोष्ट बनाइन्छ । यसरी फोहर छुटयाइयो भने ल्याण्डफीलमा जाने फोहरमा कमी आउँछ । जसले गर्दा हावा र पानी प्रदुषणमा कमी आउँछ । फोहरलाई तीन तरिकाबाट तह लगाउन सकिन्छ जस्तो कम्पोष्ट बनाउने, रीसाईकल गर्ने र भष्मीकरण गर्ने । कसरी छुटयाउने भन्ने कुरामा व्यापक छलफल हुनु जरुरी छ । मिसिएको फोहरको तुलनामा छुटयाइएको फोहर विसर्जन गर्न सस्तो पर्छ । मानव स्वस्थ्य र वातावरण जोगाउनको लागि फोहर छुटयाउन जरुरी छ । हरेक संस्थामा कार्यरत कर्मचारीहरुले सही ढंगले फोहर छुटयाइ दिनु पर्छ । फोहरमा कमी ल्याउन त्यसलाई कमी गर्ने, पुन प्रयोग गर्ने र रीसाइकल गर्ने गरिन्छ । फोहरबाट बिजुली र ताप निकाल्न सकिन्छ । विभिन्न ठाउँमा फोहर संकलन गर्ने तरिका फरक छ । स्थानिय सरकारले घरायसी फोहरको संकलन गर्छन् । 

 

धेरै फोहर उत्सर्जन गर्नेले  धेरै कर र कम फोहर उत्सर्जन गर्नेले थोरै कर तिर्ने व्यवस्था पनि छ । फोहर विसर्जन गर्ने तरिका ल्याण्डफील साईट जहाँ फोहरको थुप्रो लगाइन्छ । जहाँ हरेक किसिमका फोहरहरु थुपारिन्छ । ल्याण्डफील साईट फोहर व्यवस्थापनको उत्तम विकल्प होइन् । यहाँ थुपारिएको फाहरबाट तिनीहरुलाई छुटयाउने र पुन प्रयोग गर्ने गर्नु पर्छ । जुन जटिल कार्य हो । भष्मीकरणको तरिकाबाट फोहर तह लगाइन्छ । घरायसी र औद्योगिक स्तरबाट उत्पादित फोहर यो तरिकाबाट विसर्जन गर्न सकिन्छ । यो प्रक्रिया ठोस, तरल र ग्यास जन्य फोहर विसर्जन गर्न प्रयोग गरिन्छ । यो फोहर विसर्जन गर्ने तरिकाबाट खत।रनाक बस्तुहरुको विसर्जन गरिन्छ । रीसाइकल गरेर उत्सर्जन हुने फोहरमा कमी ल्याउन सकिन्छ । फोहर राख्ने ठाउँमा पनि कमि ल्याउन सकिन्छ । जस्तो पिउने चिजका शिशिहरु निर्मलीकरण गरेर पुन प्रयोगमा ल्याउन सकिन्छ । रीसाईकलले वातावरणमा फाइदा पुऱ्याउँछ । विशेष गरी शहरमा बस्ने मानिसहरुले उत्सर्जन गरेको फोहर घरमै व्यवस्थापन गर्ने ठाउं वा जग्गा हुदैन् । हरेक घर घरमा करेसाबारीको अभाव हुन्छ । हरेक घरमा करेसाबारी हुन्थ्यो भने कुहिने फोहरको उचित व्यवस्थापन हुन्थ्यो र नकुहिने फोहर मात्र फोहरको रुपमा बाहिर निस्किन्थ्यो ।

 

फोहरको उचित व्यवस्थापन गर्नको लागि २०७९ साल साउन १ गते देखि कुहिने र नकुहिने फोहर बेग्ला बेग्लै दिनमा उठाइने निर्णय भएको थियो । त्यो कुराको निर्णय त भयो तर यति गहन कुराको कार्यान्वयन हुन सकेन । शुरुमा केही दिन कुहिने र नकुहिने फोहर बेग्ला बेग्लै संकलन भएको पनि हो । त्यो नियमले निरन्तरता पाउन सकेन । किन होला ? सबै किसिमको फोहरलाई मिसाएर अझ  गिजोलेर एउटै झोलामा राख्ने बानी परेको नेपालीलाई  कुहिने र नकुहिने फोहर छुुटाउने फूर्सद नै कहां छ र ? एउटै झोलामा कोची दियो सजिलो जनतालाई । जनताले फोहर छुटयाउने फूर्सद निकाल्नु परयो । दुई थरी फोहर छुटयाउने सकस सम्मmनु भएन ।
देशको फोहर व्यवस्थापन गर्न नागरिकको केही कर्तव्य वा अभिभारा छैन त ?

 

जनताले गर्ने एउटा महत्वपूर्ण काम कुहिने फोहर एउटा बट्टामा र नकुहिने फोहर अर्को बट्टामा घर बाहिर राख्ने गर्नु पर्छ । कुहिने फोहर लिन आएको दिन कुहिने फोहरको बट्टा बाहिर निकाल्ने गर्नु पर्छ । त्यसरी नै नकुहिने फोहरको पनि व्यवस्थापन गर्नु पर्छ । सर्वप्रथम कुहिने फोहरलाई एकिकृत गर्ने र त्यसलाई विभिन्न प्रकृया पुरयाएर मल बनाउनु पर्छ । त्यस्तो मल रसायनीक मल भन्दा उत्तम हुन्छ । रसायनीक मल विदेशबाट खरिद गर्नु पर्छ । यदि हामीलाई आवश्यक पर्ने मल उत्पादन गर्न सक्यौं भने ठूलो धनराशीको बचत हुन्छ । कुहिने मल बनाएर कृषकलाई बिक्री गर्ने र नकुहिने फोहरलाई पनि उपभोग गर्दा उचित हुन्छ । फोहर छुटयाउनु ठूलो  कुरा होइन । तर खांचो छ त केवल जागरणको । नागरिकको सानो होशियारले राष्ट्रलाई ठूलो टेवा पुर्याउने  निश्चित छ ।

 

अब कुरा गरौं विदेशको फोहोर व्यवस्थापनको । त्यहां पनि फोहरको व्यवस्थापन भएको छ नि । कुहिने फोहर मल बनाएका छन जसबाट कृषक लावान्वित भएका छन भने नकहिने फोहर जस्तो प्लाष्टीकलाई  पुन प्रयोग गरेका छन त्यसबाट पनि फाइदा हुन्छ ।अमेरिकाले फोहरलाई वर्गीकरण गरेर यसको व्यवस्थापन गर्दो रहेछ । जुन सिक्न लायक छ । बोष्टन निवासी  मेरो फुपूले तीन वटा बाल्टिनमा फोहोर छुटयाएर संकलकलाई दिनु भयो । कुहिने नकुहिने र शिसा जन्य फोहर छुटयाइएको थियो । हरेक नागरिकले फोहर राख्न तीन वटा छुट्टा छुट्टै बाल्टीन राख्नु जरुरी छ । फोहर संकलन गर्न आउंदा पालैले दिन सकिन्छ । त्यहांको नागरिक सजक छन । त्यसैले सरकारलाई काम गर्न सजिलो छ । अमेरिकाबाट फर्किए पछि मैले दुई थरी फोहर छुटयाएर दिन थालें कुहिने र नकुहिने । जनस्तरबाट दुई थरी फोहरको वर्गीकरण गर्नु पर्छ ।

 

यो कुरालाई सबै जनमानसले पछयाइ दियौं भने स्थानिय निकायलाई सहज हन्छ फोहरको व्यवस्थापन गर्न । अब शुरुवात हामी आफैंबाट हुनु जरुरी छ ।  हामी सबै फोहर एउटै प्लाष्टीकमा कोेच्छौ अनि कसरी हुन्छ फोहर व्यवस्थापन ? फोहर व्यवस्थापन गर्न सरकार वा स्थानिय निकायलाई सहयोग गर्नु परयो । सरकारले फोहरलाई कुहिने र नकुहिने छुटयाउनु परयो भनेर आवहान गरे सोही अनुरुप छुटयाउने यदि नभने पनि हामी जनता नै जागरुक भएर फोहर छुटयाइदिएमा बुद्धिमानी हुन्छ । 

 

काठमाडौं शहरको गल्ली गल्लीमा आज फोहर उठायो भोलि फेरी थुप्रीसक्छ । त्यसको मतलब जनघनत्व धेरै छ । जनताले कर तिरेका छन । फोहर उठाउनेलाई घरै पिच्छे पैसा दिएका छन भने फोहरको व्यवस्थापन जनताको सहयोगमा सरकारले गर्नु पर्छ । शहरको फोहर लगेर डम्पीङ साइटमा बिसर्जन गर्दा त्यहांको जनजीवन ज्यादै प्रभावित हन्छ । वरिपरीको वातावरण दूरगन्दित हुन्छ । विभिन्न रोग व्याधी बढछ । आफनो टोल बस्ती अरुले ल्याएको फोहरले दूरगन्दित बन्दछ भने त्यो स्विकार्य हुदैन । त्यो बस्तीलाई काठमाडौं बासीले क्षतिपूर्ति दिनु पर्छ । तपाईंको छिमेकीले यो चार भारी फोहर मेरो घरमा अटेन तपाईंको घरमा राखी दिनुस न भन्नुभयो भने तपाईं सजिलै स्विकार गर्नु हुन्छ ? अहिले हामीले फोहरलाई कमिलालाई मुतापहिरो सम्झिरहेका छौं  । जुन हस्यास्पद छ ।  फोहरलाई कसरी व्यवस्थापन गर्ने भनी अध्ययन गर्नु पर्ने बेला आएको छ । विदेशमा फोहरको कसरी चाँजोपाँजो गर्छन त ? त्यो कुरा जान्न जरुरी छ । फोहर मोहर नै हो । मोहर बनाउन आजै बाट लागी पर्नु पर्ने बेला आएको छ ।  
वास्तवमा फोहर व्यवस्थापन चूनौती नभइ अवसर नै हो । 

 

फोहर व्यवस्थापन जस्तो सामान्य काममा त हामी चुकी रहेका छौं भने विकाशको मूल कहिले फूटाउने ?  देशलाई विकाश तर्फ उन्मूख गराउन अबेर भइसक्यो ।