काठमाडौँ - धोबिखोलामा फोहोर फाल्ने प्राक्टीकल वेष्ट सोलुसन प्रालीलाई काठमाडौं महानगरले जरिवाना तिराएको छ ।
फोहोर फालेबापत सो प्रालीले महानगरलाई २५ हजार जरिवाना तिरेको हो ।
जरिवाना तिराएपछि महानगरका मेयर बालेन्द्र शाहले यस्ता कार्यहरू आगामी दिन नदोहोर्याउन आग्रह गरेका छन् ।
उनले यस्तो कामहरू भइरहेको खण्डमा सार्वजनिक रूपमा ध्यानाकर्षण गराउन पनि आग्रह गरेका छन् र कुनै पनि अवाञ्छित कार्यहरू कसैले नगर्न र गरेको पाइए त्यसप्रति चनाखो हुने पनि उनले आग्रह गरेका छन् ।