images
images

जलवायु परिवर्तन र समृद्धि बारे एसिया–प्रसान्त सम्मेलन

काठमाडौं, ११ मंसिर 
अनलाईन बहस सम्बाददाता

आज एक कार्यक्रम बिच तीन दिने ’एसिया–प्रसान्त जलवायु परिवर्तन तथा समृद्धि विषयक सम्मेलनको सुरुवात गरियो । आइसीए तथा इम्याजिन नेपालको संयोजनमा भएको उक्त सम्मेलनमा नेपाल लगायत अन्य १० देशको सहभागिता रहेको छ । 

सम्मेलनको उद्घाटन गर्दै पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले जलवायु परिवर्तनको समाधान नगरी समृद्धि प्राप्तिको यात्रा सहज हुन नसक्ने कुरा बताए। यो एउटा विश्वव्यापी समस्या भए तापनि क्षेत्रीय तथा स्थानीय स्तरमा यसबारे छलफल हुनुले महत्वपूर्ण मान्यता राख्ने बताउँदै सम्मेलनले स्पष्ट मार्गदर्शन समेत गर्न सक्ने विश्वास रहेको बताए । विगत केही समय यता नेपाल सरकारले यस दिशामा गरेका केही उल्लेखनीय कार्यहरूलाई समेत चर्चा गर्दै यो सम्मेलनबाट उल्लेखनीय सुझावहरु आउन सक्ने उनको राय थियो । 

सम्मेलनमा आइसीएका संस्थापक अध्यक्ष प्रा.डा. तत्व तिम्सिना, इमाजिन नेपालका पूर्व अध्यक्ष धुर्ब आचार्य र आइसीए अन्तराष्टिय अध्यक्ष हेनरी पाप्पाले, जेनेट सेण्डर्स र एभिलिन फिलबु्रकले आ-आफ्ना विचारहरु राखेका थिए । तीन दिन सम्म चल्ने यस सम्मेलनले विभिन्न अन्तरपक्षीय विषयहरुमा धनिभूत छलफल गर्दै अबको समयमा गर्नुपर्ने कार्यसूचीको तर्जुमा गर्ने कुरा आयोजकहरुले व्यक्त गरे ।