images
images

सामाजिक कलाकारिताको २० वर्षे योजना सार्वजानिक 

काठमाडौं, २९ माघ 
आज एक समारोह बीच सामाजिक कलाकारिता नेतृत्व सम्बन्धि दोस्रो राष्टिय सम्मेलनको समापन गरियो । ७० जना सहभागिहरु भएको सम्मेलन विगत ३ दिनदेखि सञ्चालन भइरहेको थियो । सम्मेलनमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गर्नुका अलावा सामाजिक कलाकारिता बारे व्यापक छलफल गरियो । सम्मेलनमा नेपाल तथा विदेशका सामाजिक कलाकारिता विषयका विज्ञहरुले आफूले यो प्रक्रिया प्रयोग गरेर प्राप्त गरेका नतिजाहरुबारे जानकारी दिनुभयो । 
सम्मेलनले अबको २० वर्षमा सामाजिक कलाकारिताको क्षेत्रमा के गर्न सकिन्छ भन्ने बारे छलफल गर्दै २० वर्षे योजना सार्वजानिक गरयो । सम्मेलन अत्यन्तै उपयोगिमूलक भएको कुरा विभिन्न सहभागिले बताउनुभयो । सामाजिक कलाकारितालाई शिक्षा, राजनिति, विकास आदि विविध क्षेत्रमा प्रयोगमा ल्याउनु पर्नेमा सबैको जोड थियो । सामाजिक कलाकारिता नेपाल अभियानका संयोजक अम्बादत्त भट्टले अब केही वर्षभित्र नेपालमा सामाजिक कलाकारिता विषयका अन्तराष्ट्रिय सम्मेलन गरिने जानकारी दिनुभयो । राष्ट्रिय सम्मेलनकी संयोजक इशु शुब्बाले सामाजिक कलाकारिता तथा नेतृत्व विकासलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाइने कुरा बताउनु भयो ।