काठमाडौँ , असार २०८१
अनलाईन बहस सम्वाददाता
हिजो एक समारोह बिच ‘सस्टेनेबल डेम्लपमेन्ट एम्बेसेडर’ कार्यक्रमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरियो । विगत् एक वर्ष यता दिगो विकासका संवाहकका रूपमा विभिन्न प्रशिक्षणहरु मार्फत युवाहरुलाई यसको ‘राजदूत’ का रुपमा विकास गरियो । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतले कार्यक्रममा सम्बोधन गर्दै युवाहरुलाई यस्ता कार्यक्रम मार्फत देश बनाउन प्रेरित गर्नु पर्ने कुरामा जोड दिए । देश बर्बाद भयो भन्ने भाष्य निर्माण गरी युवाहरुलाई दिग्भ्रमित पार्ने काममा प्रतिगामीहरु हावि हुन खोजेकोमा उनले चिन्ता व्यक्त गरे ।
आइसीए नेपाल र कल्प एकडेमीको संयुक्त पहलमा कान्तिपुर सिटी कलेजका ३५ जना विद्यार्थीहरुलाई ‘एसडीजी एम्वेसेडर’ का रुपमा प्रशिक्षित गरिएको यस कार्यक्रममा संयुक्त राष्ट्र संघका पूर्व सल्लाहकार रोवर्टसन बर्क, सामाजिक कलाकारिता विज्ञ जेनेट सेण्डर र एभिलिन फिलबु्रक र आईसीएका प्रा.डा. तत्व तिम्सिना र इशु शुव्वाले विज्ञका रुपमा भाग लिनु भएको थियो । यस कार्यक्रम मार्फत सहभागीहरुले दिगो विकास बारे बुझ्ने तथा उपयुक्त परियोजनाको तर्जुमा र कार्यन्वयन गरेका थिए । कार्यक्रममा रामकृष्ण रेग्मी, प्रा.डा. तत्व तिम्सिना, डा. प्रल्हाद कार्की, सुमन कटुवाल, दया शागर श्रेष्ठ, शुभाष नेपाली, राजु कट्टेल, रत्न कार्की आदिले दिगो विकासको महत्व र युवाहरुको भूमिका विषयमा आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले दिगो विकासका विविध पक्षहरुबारे कलात्मक ढङ्गले प्रस्तुत गरेका थिए । कार्यक्रमका संयोजक रवि खनालले यो कार्यक्रमको निरन्तरता दिइने कुरा बताए ।