काठमाडौँ - काठमाडौं महानगरपालिकाले आज नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ ।
दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा मेयर बालेन्द्र साहले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रवक्ता बसन्त आचार्यले जानकारी दिए । त्यसअघि नीति तथा कार्यक्रम कार्यपालिका बैठकले त्यसलाई अनुमोदन गर्ने तयारी छ ।
नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो । नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीका घोषणापत्रलाई पनि नीति कार्यक्रममा समेटिने भएको छ ।
महानगरमा कांग्रेसले १९, एमालेले १२ र एकिकृत समाजवादीले एउटा वडा जितेका छन् । असार १० गते बजेट ल्याउने महानगरको तयारी छ ।