काठमाडौँ - अजोड ईन्स्योरेन्स लिमिटेडले मंगलबार आफ्नो चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो अवसरमा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जना दाता व्यक्तिहरुले रक्तदान गरेका छन् ।
सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. ९, गोंगबु स्थित हिमालयन वृद्धा आश्रममा आश्रीत ४३ (त्रिचालिस) जना वृद्ध तथा वृद्धाहरुको लागी खाद्यान्न सहयोग कार्यक्रममा प्रमुख अतिथी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयूक्त रुपमा वृद्धा आश्रमकी अध्यक्ष श्रीमती सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गरेका छन् ।
सो कार्यक्रममा अतिथी उपप्रमुख मुरारी तामाङ्ग र अतिथी वडा नंं ९ का वडाअध्यक्ष राम भक्त घिमिरे, आश्रमका अन्य संचालक तथा अजोड ईन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
बिसं २०७५ असार २१ गते देखि आफ्नो व्यवसायिक कारोवार सुरु गरी हालसम्म कम्पनीले बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत सात वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरु, ११ बीमा काउण्टर र तीन वटा तेश्रो पक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।
हालसम्म कम्पनीमा तीन सय २३ जना कर्मचारी कार्यरत रहेका छन भने आधारभुत निर्जीवन बीमा अभिकर्ता चार सय ५९ जना, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तीन सय १७ जना कृषि तथा पशुपन्छी क्षती मूल्याङ्गकनकर्ता ३९ जना र एक सय २२ जना बीमा सर्भेयरहरु सूचिकृत रहेका छन् ।
त्यसैगरी कम्पनीले आ.व. २०७८।०७९ को आषाढ २० सम्ममा एक लाख २२ हजार नौं सय ६५ बीमालेख जारी गरी कुल बीमा शुल्क एक अर्ब ५६ करोड आर्जन गरेको साथै कुल दाबी भुक्तानी संख्या पाँच हजार २६ मार्फत कुल दाबी भुक्तानी रकम ७१ करोड ५८ लाख भुक्तनी गरिसकेको छ ।
कम्पनीको चुक्ता पूँजी एक अर्ब भएको जगेडा तथा कोषमा १३ करोड ९५ लाख र बीमा कोषमा १५ करोड ९२ लाख संचित गरी सम्पूर्ण बीमितहरुको विश्वास जित्न सफल भएको छ ।