images
images

आऊ!.., एक रक्तिम बिहानी बनेर आऊ!

तिमी एक रक्तिम बिहानी बनेर आऊ !
आऊ तिमी एक बिहानी बनेर आऊ !
अरुणोदय संगै मीठो न्यानो लिएर आऊ
कठ्यांग्रिएर सडक छेउमा बसेका 
वालवालिकाहरूको आंगमा
रापिलो पहार लिएर आऊ
मजदूरहरुको पीडामय जीबनमा 
खुशिको एक बहार लिएर आऊ ।
तीज आऊ , दशैं आऊ , तिहार पनि आऊ 
तर गरिबीले उजाडेका बस्तीहरूमा
पिडा लिएर न आऊ
उनका ओइलाइरहेका रहरहरूमा —
थप आततायी चोटहरूका , 
मार्मिक उपहारहरू लिएर न आऊ ! 
आउन त आऊ तिमि , 
तर एक रक्तिम बिहानी बनेरमात्र आऊ !!

                                                                                                     - हरि पथिक