images
images

डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा: मन्त्री कार्की

काठमाडौँ - नेपाल सरकारका प्रवक्ता तथा सुचना सञ्चार तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा बताएका छन् । साथै, सरकारले यसलाई बढावा दिदैं आएको पनि उनको भनाइ छ । 

शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । 

यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने मन्त्री कार्कीको भनाइ थियो । यसका साथै यस कार्यक्रमले डिजीटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उनले बताए र्। मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छ । यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ । यो कार्यक्रम अवधिभर मात्र नभएर सधैं भरी कायम गर्नुपर्छ,’ उनले भने । उनले यस कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रुपान्तरण गर्नुपर्ने बताए । साथै,  यस्ता कार्यक्रमबाट समाज प्रत्यक्ष रुपमा लाभान्वित पनि उनले बताए । 

यस्तै, सुचना प्रविधिको विकास विना मुलुकको विकास समेत असम्भव भएको बताउँदै उहाँले सुचना प्रविधिमा समाजकासबै तप्कालाई सँगै लिएर जानुपर्ने बताए । यस्तै, दुर दराजका क्षेत्रमा समेत सुचना प्रविधि पहुँच पुर्याउन सरकारले सहयोग गर्ने बताए । 

यस्तै, सचुना प्रवधीको पहुँच सबै नागरिकमा पुर्याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको मन्त्री कार्कीको भनाइ थियो । साथै, यसलाई अझ सस्तो, गुणस्तीय बनाउन पनि सरकार सकरात्मक रहेको उनले बताए । समग्रमा उनले सुचना प्रविधिको प्रयोग बढाउने बिषयलाई सरकारको उच्च प्राथमिकता राखिएको पनि बताए ।