काठमाडौँ : काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बागलुङको गलकोटमा शाखा बिस्तार गरी बैकिङ कारोबार सुभारम्भ गरेको छ ।
सबै प्रकारका आधुनिक वित्तिय सेवा प्रदान गरिरहेको बेष्ट फाइनान्सले नयाँ खुलेको गलकोट शाखाबाट सबै प्रकारका वित्तिय सेवा प्रदान गरिने फाइनान्सले बताएको छ ।
गलकोटमा हालै स्थापना भएको फाइनान्सको यो १६ औं शाखा हो । अन्य क्षेत्रमा पनि थप शाखाहरु विस्तार गरिदै लगिने फाइनान्सले जनाएको छ ।