images
images

बैंक तथा फाईनान्स कम्पनीहरुमा ७० करोड रुपैंयाँ राख्दै राष्ट्र बैंक

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुमा ७० करोड रुपैयाँ राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार एक बर्षे निक्षेपकोरुपमा ५६ करोड २७ लाख ५३ हजार पाँच सय ३६ रुपैंयाँ ९५ पैसा र कल निक्षेपकोरुपमा १३ करोड ९१ लाख ८३ हजार एक सय १८ रुपैंयाँ ८९ पैसा समेत गरी ७० करोड रुपैंयाँ बराबरको रकम राख्न लागिएको हो । 

रकम लगानीकिो लागि आज मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुसंग राष्ट्र बैंकले प्रस्ताव मागेको हो । रकम लगानीको लागि जेठ १३ गते अपरान्ह पाँच बजेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागमा आवेदन दिन राष्ट्र बैंकले आग्रह गरेको छ । 

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।