images
images

सुदृढ संगठन र वैचारिक स्पष्टताका लागि प्रशिक्षण 

नेकपा एमालेले साङ्गठानिक सुदृढीकरण तथा वैचारिक शुद्धीकरण कार्यलाई तीव्रता दिइरहेको छ । यस क्रममा जनसंगठनका अधिवेशन, सम्मेलन, भेला, बैठक, विभिन्न तहमा प्रशिक्षण सञ्चालन गरिरहरेको छ गत निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकको एमालले कमजोरी हटाउने प्रयत्न गरिरहेको स्पष्ट देख्न सकिन्छ । 

 

नेकपा एमाले, उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षणको सम्पन्न भएको छ । २५ जेठका दिन पार्टी उपमहासचिव तथा स्कुल विवभाग प्रमुखले उद्घाटन सहित प्रशिक्षण समेत दिनुभएको तीन दिने प्रशिक्षण कार्यक्रम सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै पार्टी महासचिव शंकर पोख्रेलको समुपस्थितिमा समापन भएको छ । विभिन्न विषय निर्धारित गरिएको प्रशिक्षणमा प्रशिक्षकका रूपमा केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइराला, स्कुल विभागका सदस्यहरू तत्व तिम्सिना, कपिल पोख्रेल, वाईपी आचार्यलगायत अन्य प्रशिक्षकहरूले प्रशिक्षण दिनुभएको जनाइएको छ । प्रशिक्षणको सम्पन्नतामा इन्चार्ज तथा पोलिटब्युरो सदस्य सुजिता शाक्य, जिल्ला कमिटीका इन्चार्ज केन्द्रीय कमिटी सदस्य कमरेडहरु बिना श्रेष्ठ, सीता लामा, गोविन्द दुलाल,  बालिका गिरी, केन्द्रीय स्कुल विभागका पूर्वसचिव तथा अनेमसंघका महासचिव पेम्बा लामा उच्च भूमिका रहेको उल्लेख गरिएको छ । उपत्यका विशेष कमिटीका अध्यक्ष प्रेमराज पराजुली र पेसागत जिल्ला कमिटीका अध्यक्ष डा. बाबुराम अधिकारीले सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।