अनलाइन बहस
काठमाडौं, चैत्र ९
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीले प्रशिक्षणलाई महत्वका साथ हेर्ने गरेकोे कुरा बताएका छन् । एमाले बाग्मती प्रदेशले चलाएको तीन दिने प्रशिक्षणको अन्तिम दिन आज ‘समृध्द नेपाल खुसी नेपाली’ को सङ्कल्प पूरा गर्ने तर्फ पार्टी कार्यकर्ताहरु लाग्नु पर्ने बताए । करिब ९० जना जना जन प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रदिप ज्ञवाली, देवेन्द्र दहाल, तत्व तिम्सिना, रामशरण प्याकुरेल, हर्क राई आदिबाट प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमको दोस्रो दिन पार्टीका अध्यक्ष केपीओलीले अबका चुनावहरुमा पाटीका तर्फबाट उम्मेदवार हुन पार्टीद्वारा
सञ्चालित विभिन्न प्रशिक्षण कार्यक्रम मार्फत् प्रशिक्षित हुनु पर्ने कुरा बताए । जनताको जीवन स्तर समृध्द बनाउन अग्रणी भूमिका निर्वाह गरेका तथा अनुशासित व्यक्तिकारुपमा आफूलाई प्रस्तुत गर्नु पर्ने उन्ले उक्त अवसरमा बताए । हिजोको जस्तो यति वर्षको अनुभव भनेर मात्र अबको समयमा उत्कृष्टता हासिल गर्न सकिदैन । यस्को निम्ति नियमितरुपमा अध्ययन गर्ने बानी बसाल्दै सामाजिक रुपान्तरणमा समेत अब्बल हुनु त्यत्तिकै आवश्यकता रहेको उन्ले बताए ।
केन्द्रिय पार्टी स्कूलबाट विभिन्न प्रदेश तथा जिल्लाहरुमा अब नियमितरुपमा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिने कुरा उक्त अवसरमा बताईयो ।