अनलाइन सञ्चारको क्षेत्रमा नयाँपन ल्याउने उद्धेश्यले सुरु गरिएको अनलाइन बहस हामी सबैको भावना प्रतिनिधित्व गर्ने माध्यम हो । अनलाइन बहस दबिएका, थिचिएका तथा मूलधारबाट पछि परेका सबैको भावना उजागर गर्ने आवाज हो ।नेपाल तथा विदेशका बौद्धिक वर्गद्धरा स्थापित यस माध्यमको सहयोगबाट हामीले स्वच्छ, निस्पक्ष र भरपर्दो सञ्चारको थालनी गरेका छौं । यस्लाइ अघि बढाउने सन्दर्भमा यहाँहरु सबैको उल्लेख्य भमिकाको आशा गरेका छौं ।
अनलाइन बहसले विकास सम्बन्धि नयाँ विचारको सुरुवात गरेको छ । हामी आफ्ना विचारहरुलाई बहसका रुपमा अघि बढाउन सक्नेछौं । यसो गर्दा हाम्रो मुख्य उद्धेश्य भोलीका लागि समृद्ध नेपालको सिर्जना गर्नु हुनेछ । विकासका सन्दर्भमा कुनैपनि विषयमा बहस चलाउन अनलाईन बहस प्रतिबद्ध छ । अनलाइन बहस विकास सम्बन्धि नवीनतम विचार सहितको एउटा फरक धार हो, जून हामो देशमा लामो समय देखि दमित अवस्थामा छ । सि िकेट अवस्थामा रहेको हाम्रो देशको लोकतान्त्रिक व्यवस्थाले समेत यो धारको प्रतिनिधित्व गर्न सकेको छैन् । चौथो अङ्गका रुपमा रहेको आम सञ्चारका माध्यमबाट यो फरक धारको प्रतिनिधित्व गर्नु अनलाइन बहसको मुख्य उद्धेश्य हो ।
अनलाइन बहसले दिगो विकास, विज्ञान प्रविधि, नवीनतम आविष्कार, भोलिको नेपाल, बहस आदि माध्यमबाट आफ्ना अभियानलाई अघि बढाउनेछ । अभिपे्ररित गर्ने जीवन गाथा हरु अनलाइन बहसबाट नियमित रुपमा प्रस्तुत गरिनेछ । कसरी एउटा सामान्य व्यक्ति जीवनको सघर्षमा अघि बढ्छ र सफलताको शिखरमा पुग्न सक्छ भनेर जीवनका अनुभवहरु यस मार्फत प्रस्तुत गरिनेछ । अनलाइन बहसलाई सबैको मुखपत्रकारुपमा विकास गर्न हामी सबैलाई अनुरोध गर्दछौ ।