काठमाडौँ - उदयपुरको बेलका नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनको तर्फबाट कांग्रेसका मेयर उम्मेदवार अशोक कार्की १० हजार १२० मतका साथ निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाकुमार थापा ६ हजार ९८० मत प्राप्त गर्दै पराजित भए ।
उपाध्यक्ष पदमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मनोज तामाङलाई पराजित गर्दै एमालेका जीना राई निर्वाचित भए । निर्वाचित राईले ८ हजार २७६ मत पाउँदा तामाङले ७ हजार ४९५ मत पाए ।