फागुन १९, ललितपुर ।
१९ फागुन (३ मार्च २०२३) का दिन शिक्षकहरूका लागि एक दिवसीय सकारात्मक सोधखोज (Appreciative Inquiry)) प्रशिक्षणको पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ । सामाजिक अध्ययन केन्द्रमा सम्पन्न यस कार्यक्रमको आयोजना युवालयले गरेको हो ।
ललितपुरका ८ वटा विभिन्न सरकारी—सामुदायिक विद्यालयका शिक्षकहरूका लागि १४ जुलाई २०२२ बाट सुरु गरिएको सकारात्मक सोधखोज (Appreciative Inquiry) प्रशिक्षण कार्यक्रम सकारात्मक सोधखोज तालिमको पुनर्ताजगी फगुन १९ (३ मार्च २०२३) का दिन सम्पन्न भएको छ । आयोजक संस्था युवालयका अध्यक्ष सन्तोष महर्जनका अनुसार प्रशिक्षण पुनर्ताजगीको सहजीकरण सकारात्मक सोधखोजका विज्ञ एवं प्रशिक्षक रुपेन्द्र महर्जनले गर्नु भएको थियो ।
तालिममा सिकेका सकारात्मक सोधखोजका प्रक्रियाहरू, सिद्धान्तहरू र विधिहरू प्रायोग गरी हरेक विद्यालयले आफ्नो विधालयको ५ वर्षको साझा परिकल्पना तयार गरी रणनीतिक कार्ययोजना तयार गरेका थिए । यस तालिमका सहभागी शिक्षकहरूद्वारा आआफ्नो विद्यालयमा नौ महिना भित्रमा सम्पन्न गरेका विभिन्न परियोजना, उपलब्धिमूलक क्रियाकलापहरू हालै समापन भएको पुनारतार्जगी तालिममा प्रस्तुत गरिएको थियो । विगतमा गरिएका सफलताका उदाहरणहरू र उपलब्धिहरूको
पुनरवलोकन गरी आगामी दिनमा थप प्रभावकारी नतिजा हासिल गर्न प्रत्येक सहभागीहरूले आफ्नो विद्यालयमा सम्भावित परियोजना/क्रियाकलापहरूको खाका तयार गरेको र कार्यन्वयनका लागि आवश्यक प्रविधि र सिपहरूका बारेमा प्रशिक्षण भएको युवालयका अधिकृत अनुपा सुवेदीले जानकारी गराउनु भयो ।
तालिमको अन्त्यमा सहभागीहरूले आफ्नो विद्यालयमा कार्यन्वयन गर्ने परियोजना तथा क्रियाकलापहरूको प्रशंसा गर्दै आगामी जेष्ठ महिनाभित्र सम्पन्न गर्नुपर्ने विद्यालय लक्षित कार्यक्रमहरूका बारेमा युवालयका कार्यकारी निर्देशक सजीव अधिकारीले जानकारी गराउनु भयो । तालिमको समापन समारोहमा सकारात्मक सोधखोज तालिमबाट धेरै व्यावहारिक ज्ञानहरू प्राप्त भएको, व्यक्तिगत र व्यावसायिक जीवनका लागि आवश्यक सीपहरू सिक्न पाएकोमा प्रशिक्षक र आयोजक संस्थाप्रति कृतज्ञता व्यक्त गर्दै गरिएको छ । तालिम निकै उपलब्धीमूलक भएको कुरा सहभागीहरूको प्रतिनिधित्व गर्दै श्रमिक शान्ति विद्यालयका सहभागी शिक्षक राजेन्द्र बस्नेतले आफ्नो विचार राख्नु भयो । युवालयका कोषाध्यक्ष धर्मराज रिमालले सकारात्मक सोधखोज तालिमको उपलब्धिका लागि प्रशिक्षकप्रति आभार एवं सहभागीहरूलाई धन्यवाद व्यक्त गर्नु भयो ।