images
images

आईपीएलः चेन्नईमाथि बैंगलोरको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ । पुनेमा बुधबार राति बैंगलोरले चेन्नई सुपर किङ्सलाई १३ रनले हराएको हो ।

बैंगलोरले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि डेभोन कोन्वेले ५६ रनको अर्धशतकीय इनिङ खेले । मोइन अलीले ३४ रन जोड्दा रुतुराज गायकवाडले २८ रन बनाए ।

बैंगलोरका हर्सल पटेलले ३ तथा ग्लेन म्याक्स्वेलले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।

बैंगलोरका लागि महिपाल लोमरोरले ४२ रन बनाए । फाप डु प्लेसिसले ३८ रन जोड्दा बिराट कोहलीले ३० रन बनाए ।

दिनेश कार्तिकले २६ रन जोड्दा रजत पटीदारले २१ रन बनाए । चेन्नईका महिशले ३ तथा मोइन अलीले २ विकेट लिए ।

जितसँगै बैंगलोरले ११ खेलमा १२ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ । चेन्नई १० खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।