काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा चुनाव चिन्ह ‘गाई’ माग्दै सर्वोच्च अदालत पुगेका छन् । पार्टीको तर्फबाट अध्यक्ष थापाले बिहीबार रिट दर्ता गराएका हुन् ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार थापाले बिहीबार निर्वाचन आयोगलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटको सुनुवाइ भोलि शुक्रबार हुने छ ।
राप्रपासँग एकीकरण हुनुअघि राप्रपा नेपालको चुनाव चिन्ह गाई थियो । गत स्थानीय तह निर्वाचनका लागि आयोगले राप्रपा नेपाललाई तीर चुनाव चिन्ह दिएको थियो ।