images
images

रिटर्नी फेडेरेसनको सक्रियता 

काठमाडौँ, जेठ २६। 
रिटर्नी फेडेरेसन नेपाल वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकहरूको सङ्ठगन हो । प्रवासमा रहने क्रममा आर्जित गरेको पुँजी, ज्ञान, सीप र देश विकासका लागि केही गरौँ भन्ने हुटहुटी भएका युवाहरूको सङ्गठन हो । यसको केही समयअघि सम्पन्न राष्ट्रिय सम्मेलनपछि साङ्गठानिक, वैचारिक कामलाई सशक्त रूपमा अघि बढाइरहेको छ ।

 

यसले रिटर्नीहरूका मागहरू सम्बोधन गर्न सरकारसँग माग पनि अघि सारेको छ ।  रिटर्नी फेडेरेसन नेपालले केन्दीय नेताहरूको कार्यक्षेत्र विभाजन गरेको छ । रिटर्नी फेडेरेसनको केन्द्रीय कमिटीले  हालै गरेको कार्यक्षेत्र विभाजन अनुसार गण्डकी प्रदेशका जिल्ला ईन्चार्जहरूको नामावली सार्वजनिक गरेको छ । कार्यक्षेत्र विभाजन यस प्रकार रहेको जानकारी प्राप्त भएको छ । 

 

१.रामशरण बानिया, स्थाईकमिटी सदस्य – गोर्खा ईन्चार्ज,  २. बिष्णुहरि भुगाई, केन्द्रीय कमिटी सदस्य – कास्की र मनाङ ईन्चार्ज, ३. रामजी खत्री क्षत्रि, केन्द्रीय कमिटी सदस्य – तनहुँ ईन्चार्ज,  ४.भिमबहादुर गुरुङ, केन्द्रिय कमिटी सदस्य – लमजुङ ईन्चार्ज, ५.बिष्णुबहादुर के.सी, केन्द्रीय कमिटी सदस्य – नवलपुर ईन्चार्ज, ६ डोलराज सुवेदी, केन्द्रीय कमिटी  सदस्य – स्याङ्जा ईन्चार्ज, ७. पूर्णबहादुर नेपाली, केन्द्रीय कमिटी सदस्य – पर्वत ईन्चार्ज, ८. दिलबहादुर कार्की, केन्द्रीय कमिटी  सदस्य – बाग्लुङ ईन्चार्ज, ९. हिराबहादुर थापा, केन्द्रिय कमिटी सदस्य – म्याग्दी र मुस्ताङ ईन्चार्ज रहनुभएको छ ।