एजेन्सी - रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा संकटकाल घोषणा गरिएको छ । नव निर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मङ्गलबार नयाँ सरकार गठनसँगै संकटकाल घोषणा गरेका हुन् ।
उनले घोषणा गरेको आदेश यही मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ । संकटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित हुने पनि उनले जानकारी दिए । रुस र युक्रेनबीचको द्वन्द्व निरन्तर चलिरहेकाले सङ्कटकाल घोषणा गर्नु परेको प्रधानमन्त्री अर्वानको भनाई छ ।
दुई देशको द्वन्द्वका कारण आर्थिक संकट बढ्दै गएकाले आर्थिक संकट न्यूनिकरणका लागि संकटकालले सहयोग गर्ने हङ्गेरीको सरकारले आशा गरेको छ । ती देशको द्वन्द्वका कारण विश्वका अरु पनि धेरै देशमा आर्थिक संकट उत्पन्न हुनुका साथै अभाव र महङ्गी सिर्जना भएको छ ।