images
images

भूकम्पको कारण अफगान्सितानमा सयौंको मृत्यू

८ असार, काठमाडौं    
अफगान्सितानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ भने १५० जना घाइते भएका छन् । 
अफगान्सितानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।
एक जना स्थानीय अधिकारीले बीबीसीसँग २५० जनाभन्दा बढीको ज्यान गएको बताएको छन् । क्षति यो भन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ । 
सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिएका छन् ।