images
images

प्रधानमन्त्रीले एसपीपी सम्झौता नहुने बताए

१ असार, काठमाडौँ
अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपाली कांग्रेसका गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाकै जवाफ मागेका छन ।
बुधवार प्रतिनिधिसभामा बोल्दै उनले अमेरिकासगँ गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले नै संसदमा जवाफ दिनुपर्ने बताएका हुन ।
कुनै पनि शक्तिराष्ट्रको सामूहिक स्वार्थ जोडिएको कार्यक्रममा नेपाल सहभागि हुने नहुने भन्दै उनले एसपीपीे संविधानविपरीत रहेको दाबी गरे । उनले भने,‘हामीले सबै शक्ति राष्ट्रसगँ मिलेर काम गर्ने हो । तर,सेना संलग्न हने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन पाउँदैन ।’
उनले प्रधानमन्त्रीलाई संसदमा आएर एसपीपीे सम्झौता हदैन र गर्दैनौ भन्नपर्ने माग गरे ।