काठमाडौँ - सञ्चारमाध्यममा वामदेव गौतमलाई पार्टीबाट निष्काशन गरेको समाचार गलत भएको नेकपा एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले बताएक छन् ।
उनले सचिवालय सदस्य युवराज सफलले असार १६ गते राजीनामा दिएको र शुक्रबार गौतमकै अध्यक्षतामा बसेको बैठकले राजीनामा स्वीकृत गरेको बताए।
'नेकपा एकता राष्ट्रिय अभियानका ९ जना सचिवालय सदस्यहरुमध्ये १ जना सदस्य युवराज सफलले असार १६ गते सचिवालय सदस्यबाट राजीनामा गर्नुभएको र उहाँको राजीनामा सम्बन्धमा असार १७ गते संयोजक कमरेड वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकमा छलफल भई राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको हो,' पाण्डेले विज्ञप्ति जारी गर्दै भनेका छन्।
यसअघि सो अभियानमा आबद्ध पार्टीहरुले संयोजक गौतमलाई पाँच बुँदे असहमित जनाउँदै संयोजकबाट निष्काशन गरेको र नयाँ संयोजकमा युवराज सफललाई जिम्मेवारी तोकेको दाबी गरिएको थियो।