काठमाडौं, २४ फागुन
आज एक कार्यक्रमबीच ओम विष्णु फेल्ट क्राफ्टलाई आइएसओ ९००१ को प्रमाण पत्र हस्तान्तरण गरियो । कम्पनीको व्यवस्थापन प्रणालीको अवस्था विश्लेषण गर्दै आइएसओको अन्तर्राष्ट्रिय मान्यता पूरा गरेपछि सो प्रमाणपत्र प्रदान गरिएको हो ।
प्रमाणपत्र ग्रहण गर्दै कम्पनीका अध्यक्ष प्रेम कुमारी चौहानले संस्थाले आइएसओ प्रमाण पत्र प्राप्त गर्न सकेकोमा खुसी व्यक्त गर्नु भयो । इन्स्टिच्यूट अफ इन्नोभेसन एण्ड क्वालिटी एस्सुरेन्स (आइआइक्यूए) र टिएनभी सर्टिफेकशन प्रा.ली. ले सहजीकरण गर्दै संयुक्त राज्य अमेरिकाको एक अन्तराष्ट्रिय संस्था मार्फत् उक्त प्रमाणीकरण गरिएको हो ।
आइआइक्यूएका प्रमुख कार्यकारी अधिकृत इनुषा खड्का र टिएनभी (भारत) का तर्फ बाट इशु सुब्बाले उक्त अवसरमा आफ्ना विचार राख्नु भएको थियो । उक्त कार्यक्रममा ओम विष्णु फेल्ट क्राफ्टका सयभन्दा बढी कर्मचारीहरुले उपस्थिती जनाएका थिए । ओम विष्णु फेल्ट क्राफ्टको आङ्गनमा भएको उक्त कार्यक्रममा आइआइक्यूएका तर्फ बाट कविता यादवले सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।