काठमांडौ, असार २२
सरकारले आइतबार बकर इदको अवसरमा सार्वजानिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित
सूचना अनुसार बिदा दिइएको बताएको छ ।
उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए ।