images
images

१० करोड रुपैयाँ भन्दा बढी विजुली खपत गर्ने उद्योगको महशुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत मासिक १० करोड रुपैयाँ भन्दा बढी विजुली खपत गर्ने उद्योगको महशुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा प्रभाकारले संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्दे यस्तो घोषणा गरेका हुन । 

यसैगरी राष्ट्रपति चुरे कार्यक्रमको लागि दुई अर्ब १७ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । यसैगरी बन तथा वातारण मन्त्रालयको लागि  १३ अर्ब र प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि सात अर्ब पाँच करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । मृल्य बृद्धिलाई नियन्त्रणमा राख्दै उत्पादन बढाउने दिशमा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा प्रभाकारले संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गरेका हुन । 

सरकारले कृषि उत्पादन बृद्धि लघुवित्तमार्फत कृषि क्षेत्रमा लगानी गर्न पाँच खर्बको कोष स्थापना गर्ने घोषणा गरेको छ । यो कोषमा कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, बैंक तथा वित्तीय संस्था आदिले लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । बजेट मार्फत सरकारले तीनसय  कृषि स्वयंसेवक तयार पार्दे प्रधानमन्त्री रोजगार कार्यक्रमलाई फराकिलो बनाउने तयारी गरेको छ । आत्मनिर्भरताका लागि कृषि कार्यक्रम सञ्चालन गरिने भएको । यसका लागि सरकारले आगामी आवको लागि पाँच अर्बको बजेट बिनियोजन गरेको छ । 

यसैगरी सरकारले मासिक १० करोड रुपैयाँ भन्दा बढी विजुली खपत गर्ने उद्योगको महशुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने तयारी गरेको छ । सरकारले राष्ट्रपति चुरे कार्यक्रमको लागि दुई अर्ब १७ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । यसैगरी बन तथा वातारण मन्त्रालयको लागि  १३ अर्ब र प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि सात अर्ब पाँच करोड रुपैयाँ बजेट बिनियोजन गरेको घोषणा गरेको छ ।