images
images

विद्यालय प्रभावकारिता विस्तार प्रशिक्षण कार्यक्रम

काठमाडौँ, २२ असोज ( अनलाईन बहस )
विद्यालयको अवस्था सुधार गर्न प्रभावकारी नेतृत्व र सिकाइ वातावरण हुनु पर्ने कुरामा जोड दिँदै विद्यालय प्रभावकारीता विस्तार विषयक प्रशिक्षण कार्यक्रम गत हप्ता सञ्चालन गरियो ।

 

काठमाडौ तारकेश्वरको कालीदेवी माध्यमिक विद्यालय र गोकर्णेश्वरको अरूणोदय माध्यमिक विद्यालयका २५/ २५ जना शिक्षकहरुका निम्ति संचालित उक्त प्रशिक्षणमा विद्यालयको अवस्था सुधार गर्न विभिन्न आठ कदमहरूको ससक्तपूर्ण कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिइयो । विद्यालयको परिकल्पना र मूल्य मान्यता स्पष्ट हुनु पर्ने, सशक्त नेतृत्व, समन्वय कक्षा कोठाको वातावरण, मूल्याङ्कन, समुदायको संलग्नता, सिकाइ प्रक्रिया आदि कुरामा जोड दिनुपर्ने कुरा उक्त अवसरमा बताइयो ।  विद्यालय स्तरमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगको नियन्त्रण गर्ने सन्दर्भवारे उक्त अवसरमा व्यापक छलफल गरियो । कमजोर मस्तिष्कमा सामाजिक सञ्जालले छिट्टै असर पार्न सक्ने भएकोले यस तर्फ विद्यालयहरु विशेष सचेत रहनुपर्ने कुरा बताइयो ।

 

आईसीए नेपाल र रोटरी क्लब अफ रुद्रमतीको समन्वयमा संचालित उक्त कार्यक्रममा ग्लोबल ग्यादरिङ्ग नामक संस्थाको सहयोग रहेको थियो । उक्त अवसरमा आईसीए नेपालका प्रा. तत्व तिम्सिना, इशु सुब्बा, प्रमिला केशी, अम्बादत्त भट्ट, प्रकाश ढकाल र रोटरी क्लबबाट प्रा. लोरेन बेब्राइट र दीपक अधिकारीले आआफ्ना विचार राख्नुभएको थियो । आईसीए नेपाल र रोटरी क्लबले लामो समय देखि सहकार्य गर्दै विद्यालयको शैक्षिक सुधार ल्याउन विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।