images
images

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स गाभिए

काठमाडौँ - हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड गाभिएका छन् । दुबै कम्पनीहरुले आज आईतबारबाट हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाउँबाट एकीकृत कारोबार सुरु गरेका हुन ।

बीमा क्षेत्रमा भएको यो नैंं पहिलो मर्जर हो । होटल याक एण्ड यतीमा आईतबार आयोजित बिशेष समारोहबिच बीमा समितीका अध्यक्ष सुर्यप्रसाद सिलवालले एकीकृत कारोबारको सुभारम्भ गरेका हुन । कार्यक्रममा उनले वित्तीय क्षेत्रमा स्थायीत्व कायम गर्ने सफल मर्जरको लागि गौरव महसुस गरेको बताएका थिए ।  आफू बीमाको विज्ञ नभएको तर समितिको अध्यक्ष बन्दै गर्दा बीमा कम्पनीको संख्या धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा बढी हुने गरेको भन्दै मर्जर र पूँजीवृद्धि मार्फत सबल र दायरा विस्तार गर्ने लागि परेको अध्यक्ष सिलवालले बताए । 

कार्यक्रममा उलने बीमाको पोलीसी सबैले बुझ्ने खालका बनाउनुपर्ने र गरिबले पनि एक दुई रुपैयाँ तिरेर बीमा गर्न सक्ने बीमा पोलिसी चाहिने बताए । । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मर्जर मार्फत सूचिकृत संस्था बलियो बन्दा बजार विकासमा थप योगदान पुग्ने धारणा व्यक्त गरे ।

दुबै कम्पनीहरुले बैशाख २३ गते एभरेष्टको एक सय कित्ता बराबर हिमालयन जनरलको ८५ अर्थात १ः०.८५ को स्वा्प रेसियो कायम गर्दे मर्जरको लागि तयार भएका थिए । मर्जर अघि हिमालयन जनरलको चुक्ता पूँजी एक अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्टको चुक्ता पूँजी एक अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको थियो । मर्जर पश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्ता पुंजी दुई अर्ब १८ करोड रुपैंयाँ पुगेको कम्पनीको भनाई छ ।