images
images

पशुपति धर्मशालामा होटल चलाउने बतास समूहको बाटो बन्द

काठमाडौँ - पशुपति धर्मशालामा बतास समूहलाई होटेल सञ्चालन गर्न दिने अन्तरकालीन आदेश बदर भएको छ ।

बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाडौं जिल्ला अदालतले बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो । यसअघि गत चैत २५ गते काठमाडौं जिल्ला अदालतले धर्मशालामा बतास समूहलाई होटेल सञ्चालन गर्न दिने अन्तरकालीन आदेश दिएको थियो ।

सो अन्तरकालीन आदेशविरुद्ध पशुपति क्षेत्र विकास कोषले दिएको निवेदनको सुनुवाई गर्दै न्यायाधीश पोखरेलको इजलासले कोष र बतास समूहबीचको करार भंग भइसकेकाले पुनः होटल सञ्चालन गर्न दिनु कानुन बमोजिम नहुने भन्दै अन्तरकालीन आदेश बदर गरिदिएको हो ।

यो आदेशसँगै बतास समूह पशुपति धर्मशालाबाट ‘आउट’ भएको छ ।