images
images

जीवन सहज बनाउदै ब्लाक एण्ड डेकर

काठमाडौँ - नम्बर १ अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले नेपाली उपभोक्ताहरुको जीवन सहज बनाउदै लोकप्रियता हासिल गर्दै अघि बढिरहेको छ । सन १९७९मा ब्लाक एण्ड डेकरले नयाँ अवधारणा स्वरुप घरको सरसफाईको लागि डस्ट बस्टरको आविष्कार गरेको थियो जसले आफ्नो ताररहित क्रान्तिलाई वर्क बेन्चबाट घरका सबै भागहरूमा र बाहिर विस्तार गरेको थियो । विश्वको पहिलो ह्यान्डहेल्ड कर्डलेस भ्याकुम क्लिनरको सुरुवात सँगै अन्य बिभिन्न डिजाईनहरू मार्फत हालको दिनसम्म आफ्नो दायरालाई फराकिलो बनाउदै ह्यान्डहेल्ड क्लिनिङ श्रेणी र अन्य श्रेणीहरुमा निरन्तर आविस्कारको नेतृत्व गरिरहेको छ । 

घरायसी कार्यहरुलाई अन्यन्तै सहज बनाउने ब्लाक एण्ड डेकरका साना होम एप्लायन्सहरु नेपाली बजारमा सर्वत्र उपलब्ध छ । ब्लाक एण्ड डेकरको बिशाल प्रोडक्ट रेन्जमा एयर फ्राइर, इलेक्ट्रिक ओभन, टोस्टर ओभन (ओटीजी), इलेक्ट्रिक प्रेसर कूकर, एअर ह्युमिडिफायर, जुसर, ब्लेन्डर, मिक्सर, मिन्सर, भ्याकुम क्लिनर, गार्मेन्ट स्टिमर, स्टिम मोप, ओएफआर हिटर, फ्यान हिटर, कफी मेकर, कित्ली जस्ता थुप्रै एप्लायन्सहरु रहेका छन।

अन्तरराष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु अत्यन्तै स्टाइलिश, टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भईरहेको र ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ। ब्लाक एण्ड डेकरले आफ्नो सम्पूर्ण उत्पादनहरुमा २४ महिनाको वारेन्टी उपलब्ध गरेको छ भने नेपाल भरी आफ्नो ३५ वटा भन्दा बढी सर्भिस सेन्टरहरुबाट बिक्री उप्रान्त सेवाहरु छिटो छरितो रुपमा प्रदान गरिरहेको छ । 

हालै ब्लाक एण्ड डेकरले नेपाली समाजमा सकारात्मक प्रभाब पार्न सफल ५ प्रभाबकारी ब्यक्तित्वहरुलाई लिएर आफ्नो उत्पादनहरुको प्रबर्दन गरिरहेको छ । टेलिभिजन प्रस्तोता, अभिनेता, निर्माता तथा निर्देशक सुरज सिंह ठकुरीले कफी मेकर र कार भ्याकुम क्लिनरको प्रबर्दन गरिरहेको छ भने मोडेल तथा अभिनेत्री ज्योत्स्ना योगीले वेट एण्ड ड्राइ भ्याकुम क्लिनर र गार्मेन्ट स्टिमरको प्रबर्दन गरिरहेको छ । त्यस्तै पूर्व मिस नेपाल तथा मोडेल अस्मी श्रेष्ठले एयर फ्राइर र ब्लेन्डरको प्रबर्दन गरिरहेको छ भने अभिनेत्री, गायिका तथा सामग्री निर्माता सिम्पल खरेलले एअर ह्युमिडिफायर र जुसरको प्रर्वर्दन गरिरहेको छ। त्यसै गरी प्रसिद्ध फुड ब्लगर सिद्धार्थ घिमिरे(नेपाल फुड)ले इलेक्ट्रिक प्रेसर कूकर र टोस्टर ओभन (ओटीजी)को प्रबर्दन गरिरहेको छ । 

कम्पनीका अनुसार ग्राहकहरुले ब्लाक एण्ड डेकरको इकमर्श साईट सिजी डिजिटल डट कम डट एनपी मा गएर यी प्रभाबकारी ब्यक्तित्वहरुको छुट्टा छुट्टै प्रोमो कोडहरु प्रयोग गरेर ब्लाक एण्ड डेकरको कुनै पनि उत्पादनमा १० प्रतिशत अतिरिक्त छुट पाउन सक्नेछन ।  नेपाल अधिराज्यभर ब्लाक एण्ड डेकर ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप रहेको छ । चौधरी ग्रुपले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम, एलजि शपी तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

कम्पनीका सिजी डिजिटल तथा एलजि शप शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी, मिनभवन, सिभिल मल, जावलाखेल, कान्तिपथ, चाहबिल, सितापाइला, ग्वार्को र काठमाडौं बाहिर बिराटनगर, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन । ब्लाक एण्ड डेकरका उत्पादनहरु इकमर्श साईट सिजि डिजिटल डट कम डट एन पी का साथै दराज डट कम डट एनपी र सस्तो डिल डट कम बाट पनि खरिद गर्न सक्ने छ ।