बालबिवाह भन्नाले १८ वर्ष मुनीका बच्चा र वयस्क वा अर्को बच्चा बीचको औपचारिक विवाह वा अनौपचारिक मिलनलाई जनाउँछ । विगत एक दशकमा यसमा केही कमी आए पनि बालबिवाह अझै कायमै छ, विश्वभरमा पाँच मध्ये एक बालिकाको बाल्यकालमा बिवाह हुने गर्छ । संसारमा बालबिवाहको दर अझै उच्च छ । यसलाई कम गर्ने कार्यमा केही वर्ष देखि नेपालले महत्वपूर्ण प्रगति हाँसिल गरेको छ । ४१ प्रतिशत नेपाली बालिकाहरुको १८ वर्ष अघि बिबाह हुन्छ । नेपालमा बाल बिबाह हुने कारण र परिणाम गरिबी हो । धनी परिवारका बालिकाहरु गरिब परिवारको बालिकाको तुलनामा दुई वर्ष ढिला विवाह गर्छन । परिवारमा बालिकालाई आर्थिक बाझको रुपमा हेर्ने प्रचलन अझै कायमै छ ।
बाल विवाहमा खाद्य असुरक्षाले महत्वपूर्ण भूमिका खेल्छ । वित्तीय बाझ कम गर्न गरिब परिवारहरुले पर्याप्त खाना नभएर छोरीहरुलाई चाँढै विवाह गरिदिन्छन । एक अध्ययन अनुसार खाद्य सुरक्षा भएका ९१% मानिसहरु १९ वर्ष पछि विवाह गर्छन । नेपालमा बाल विवाह गरेमा तीन वर्ष कैद र रु १०, ००० जरिवाना तिर्नुपर्ने कानूनी प्रवधान छ । तर यो कानूनी व्यवस्था बिरलै लागू भएको पाइन्छ । १८ वर्ष भन्दा मुनी बाल विवाह गर्ने देशहरुमा नाइजर, माली, चाड, बंगलादेश, सेन्ट्रल अफ्रिकन रिपब्लिक, मोजाम्बिक र नेपाल आदि हुन । प्रत्येक वर्ष संसारमा एक करोड २० लाख बालिकाको १८ वर्ष मुनी विवाह हुन्छ ।
उमेर नपुगी बिवाह गरेमा बालिकाहरुमा गर्भाधारणको बेलामा जटिलता आउन सक्छ र त्यसरी नै बच्चा जन्माउने बेलामा पनि समस्या आउन सक्छ । बाल बिवाह विश्वव्यापी समस्या हो जसले संसारका करोडौं मानिसहरुलाई असर गरिरहेको छ । बाल बिवाहलाई मानव अधिकार उल्लंघनको रुपमा लिइन्छ किनकि बालिकाको शिक्षा, स्वास्थ्य सेवा, सिपहरु सिक्न र व्यक्तित्व विकास गर्न बञ्चित गर्छ र बालिकाहरुलाई जोखिममा पार्छ । नेपाल सरकारले अन्तरााष्ट्रिय स्तरको संम्झैताहरुमा हस्ताक्षर गरे पनि मुद्दा उठाउन राष्ट्रिय स्तरको प्रतिबद्धताहरु अप¥याप्त छन । साना केटाकेटीहरु मानसिक, मनावैज्ञानिक, भावनात्मक र शारीरिक रुपले विवाहको लागि तयार हुँदैनन । बाल बिवाहले समाजमा नकारात्मक परिणामहरु ल्याउनाले त्यसलाई हटाउनु आवश्यक छ । विशेष गरी बाल बिवाह गरिब, अशिक्षित र ग्रामिण समुदायहरुमा बढी हुने गर्छ ।
बिवाह मानव जीवनको महत्वपूर्ण भाग हो ।संस्कृतिले यसलाई समर्थन गरेको छ र समाजले यसलाई स्थायित्व दिएको छ । हिन्दू धर्म अनुसार छोरी यौवन हुनु भन्दा अघी बिवाह गरि दियो भने धर्म हुन्छ भन्ने मान्यता छ । मनु स्मृतिले केटी मान्छे रजस्वला हुनु अघि बिवाह गरिदिएमा आमाबुबाको कर्तव्य पुरा हुन्छ भनेर मान्छ । अर्थात छोरी मान्छे जवान हुन्जेल बिवाह गरिएन भने तिनका बुबा आमाले नर्क देख्नु पर्छ भन्ने मान्यता छ ।
बाल बिवाहले व्यापकता पाउनुको अर्को कारण हो दाइजोको व्यवस्था । दाइजोमा केटी पक्षबाट केटा पक्ष वा उसको परिवारलाई पैसा वा घरायसी बस्तुहरु दिइन्छ । अविभावकको क्षमता अनुसार दाइजो दिने बिवाहको संस्कार नेपाल भरी छ । नेपालको तराई क्षेत्रमा दाइजो दिने प्रचलन बढी छ । बढी दाइजो दिनुपर्ने डरले अविभावकले उनीहरुको छोरीहरुलाई चाँढै बिवाह गरिदिन्छन नेपालि समाजमा बालिकाहरुलाई आर्थिक बोझको रुपमा हेरिन्छ र उनीहरुलाई बिवाह गरेपछि घरायसी खर्च घटनेछ भन्ने प्रचलन रहेको छ । परिवारमा सिमित श्रोतहरुको बाबजुद बालबिवाहलाई छोरीको भविष्यसंग जोडेर हेरिन्छ । बाल बिवाह हुनुको मुख्य कारणहरु निम्न छन ।
१) गरिबी २) बालिकाहरुको कामुकतालाई बचाउन ३) लैङ्गिक भेदभाव ४) अपूर्ण कानून ५) बेचबिखन (बालिका)
नेपाली समाजले छोरा जन्माउने महिलालाई भाग्यमानी ठान्छ । यसले प्राय भेदभावपूर्ण सामाजिक आर्थिक अभ्यास र परम्पराहरु प्रतिबिम्बित गर्दछ । जस्तो केही ठाउँहरुमा छोराहरु सम्पत्तिको हकदार हुन्छन र उनीहरुले परिवारको नाम लिएर हिँंड्छन । त्यसैगरी छोरीहरुलाई बोझको रुपमा लिइन्छ र छोरीहरुलाई बिवाह गर्न महंगो दाइजो आवश्यक पर्छ । यस्तो परम्पराले महिलालाई छोरा जन्माउन दवाव दिन्छ । केही महिलाहरुले छोराको सट्टा छोरीलाई जन्म दियो भने हिंसा खप्नु पर्ने हुन्छ । छोरी नचाहनुको कारण चाँढै बिवाह गर्नु पर्छ र उनीहरुलाई बिवाहमा दाइजो दिनुपर्छ भनेर हो । यी कुराहरुले अन्तत महिलाहरुको यौन र प्रजनन जीवनलाई असर गर्छ जसले महिलाको स्वास्थ्य, रहनसहन र बाँच्ने कुरालाई असर गर्छ । नेपालको संविधानले महिलाको सुरक्षित मातृत्व र प्रजनन सम्बन्धी अधिकारलाई अधारभूत अधिकारको रुपमा प्रत्याभूत गरेको छ । नेपालको संविधानले समानताको हकलाई मौलिक हकको रुपमा प्रत्याभुत गरेको छ र विशेष गरी लिङ्ग, बैवाहिक स्थिति र गर्भावस्था लगायतका सामान्य कानूनको प्रयोगमा भेदभाव गर्न निषेध गरेको छ । बालबालिका सम्बन्धी एैन (२०१८) ले छोरा र छोरी बिचको कुनै पनि प्रकारको भेदभावलाई विशेष रुपमा निषेध गरेको छ । नेपालको कानूनी व्यवस्था अनुसार छोरा र छोरी चिनेर गरिने गर्भपतनलाई दण्डनीय अपराध मानिएको छ ।
एशियामा नेपालको बाल बिवाहको दर उच्च छ । बाल बिवाह मानव अधिकारको उल्लघन हो । बाल बालिकाको रोजाइमा प्रतिबन्ध लगाउने, उनीहरुको जीवनमा परिवर्तन ल्याउने र उनीहरुलाई र्दुव्यवहार र हिंसाको जोखिममा राख्ने कार्य बाल बिवाहबाट हुन्छ । नेपालको बाल बिवाह हुनुको पछाडि जटिल कारणहरु छन । गरिबी, छोरीहरु प्रतिको न्यून मुल्य र शिक्षामा पहुँचको अभाव हुन भने जातिय व्यवस्था र पितृसत्तात्मक संस्कृतिले पनि त्यस्तै भूमिका खेल्छ । विनासकारी भूकम्पले बाल बिवाहलाई बढाउने डर बढाएको छ । अन्य देशहरुमा अध्ययनहरुले देखाएको छ कि प्रकोप वा संकटमा परिवारहरुले घर र जीविकोपार्जन गुमाउदा आमाबुबाले उनीहरुलाई बचाउन र उनीहरुको भविष्य सुरक्षित गर्नको लागि आफनो छोराछोरीको विवाह गर्ने सम्भावना बढी हुन्छ ।
बाल बिवाहले बालबालिकाको अधिकार उल्लङ्घन गर्छ र उनीहरुलाई हिंसा, शोषण र द्रुव्यवहारको उच्च जोखिममा राख्छ । बाल बिवाहले बालापनलाई समाप्त पारी दिन्छ । बाल बिवाह एक गहिरो जरा गाडिएको सामाजिक मान्यता हो जसले व्यापक लैङ्गिक असमानता र भेदभावको स्पष्ट प्रमाण प्रदान गर्दछ । यो आर्थिक र सामाजिक शत्तिहरुको अन्तरक्रियाको परिणाम हो । प्रचलित समुदायहरुमा बाल्यकालमा केटीसंग बिवाह गर्नु भनेको केटीहरुको मानव अधिकारको कम मुल्यलाई प्रतिबिम्बित गर्ने सामाजिक मान्यता हो । केटाकेटीमै बिवाह गऱ्यो भने आफनो परिवारलाई गरिबीबाट बाहिर निकाल्न र आफनो देशको सामाजिक र आर्थिक बृद्धिमा योगदान दिन आवश्यक पर्ने सिप, ज्ञान र जागिरको सम्भावनामा कमी हुनसक्छ । चाँढै बिवाह गर्नाले केटीहरुले आफनो जीवनकालमा धेरै बच्चाहरु जन्माउने र घर परिवारमा आर्थिक भार बढछ । धेरै देशहरुमा बाल बिवाह अन्त्य गर्न पर्याप्त लगानीको अभाव छ त्यसैले यो प्रथा अन्त्य गर्न आर्थिक मुद्दा अझै बनाइएको छैन ।
केटीहरुलाई सशत्त पार्ने र बाल बिवाह रोक्ने तरिकाहरु
१) सूचना, सीप र समर्थन नेटवर्कहरुद्धारा सशक्त बनाउने
२) परिवारहरुलाई आर्थिक सहायता र प्रोत्साहन दिने
३) अविभावक र समुदाय सदस्यहरुलाई शिक्षित गर्ने
४) सहयोगी कानून र नीतिहरुलाई प्रोत्साहन गर्ने
सन २०१४ मा स्थापित गर्ल नट ब्राइड नेपालको साझेदारीमा १७ वटा सञ्जालहरु समावेस गरेको छ र उनीहरुले नेपालमा बाल बिवाह अन्त्य गर्न सामुहिक कार्य गरिरहेका छन । बाल बिवाहमा कमी ल्याउन संस्थाले विभिन्न आधारहरु स्थापित गरेको छ ती हुनः
१) बाल बिवाहको अन्त्य गर्न सरकार, नागरिक समाज, धार्मिक र समाजका नेताहरु र युवाहरु बिच सहकार्य हुन जरुरी छ । उनीहरु यो कार्यमा संलग्न हुनु पर्छ । दिगो परिवर्तनको लागि समुदाय, जिल्ला र राष्ट्रिय स्तरमा सक्रिय सरोकारवालाहरुलाई संलग्न गराउनु महत्वपूर्ण छ ।
२) बालबिवाहको अन्त्य गर्न गहिरो प्रमाण र तथ्याङ्कमा आधारित रणनीतिहरु हुनुपर्छ ।
३) वकालत र सचेतना जगाउने प्रयासहरुले बाल बिवाह अन्त्य गर्न र सकारात्मक सामाजिक
मान्यताहरु प्रवर्धन गर्न, सार्वजनिक समर्थन निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
बालबिवाहको अन्त्य अन्तत दिर्घकालिन समाधानले मात्र सम्भव छ जसले लैङ्गिक मान्यताहरु परिवर्तन गर्छ र सबै केटीहरुको लागि शैक्षिक, आर्थिक र सामाजिक अवसरहरु बढाउँछ ।
बाल बिवाह रोक्न छ वटा कुराहरु महत्वपूर्ण छन । जस्तो कानून र नीतिहरुको कार्यान्वयन, बालिकाहरुलाई शसक्त पार्ने, बालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने, पुरुषहरुलाई काममा लगाउने, मापदण्डहरुलाई परिवर्तन गर्न परिवार र समाजहरुलाई परिचालन गर्ने, सेवाहरु प्रदान गर्ने । यूनीसेफले पनि बाल बिवाह विरुद्ध काम गरीरहेको छ । यसले बाल बिवाह विरुद्ध सल्लाह दिन सामुदायिक धार्मिक नेताहरुलाई प्रशिक्षण दिइरहेको छ । यसका अतिरिक्त दुलहीहरुलाई प्रजनन स्वास्थ्यको बारेमा सिकाउने र स्वास्थ्य चौकीहरु निर्माण गर्ने काम गरिरहेको छ ।