images
images

एभरेष्ट बैंकका ग्राहकहरुले अब पेटिएम, गुगलपे, फोनपे चलाउन पाउने

काठमाडौँ - एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता भएको छ । डिजिटल पेमेन्ट इकोसिस्टमलाई सवल बनाउन बैंकले गेट वे नेपाल प्रालीसंग सम्झौता गरेको हो । 

सम्झौता पश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आटलेटहरुमा सामान खरिद गरी भुक्तानी दिन सक्ने छन । यसको साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधै एभरेष्ट बैंकको खातामा पैसा पठाउन सक्नेछन । भारतको पञ्जाब नेशनल बैंकसँगको संयुक्त लगानीमा संचाललत एभरेष्ट बैंकका हाल लाखौं ग्राहक रहेका छन् । 

बैंकले आफ्नो ११६ शाखाहरु, ३१ राजस्व संकलन काउन्टरहरु, १५० शाखाहरुमार्फत बित्तीय काराोबार सञ्चालन गर्दे आएको छ ।