एउटा पवित्र प्रतिज्ञा
अरुका लागि बाँच्न कस्तो होला ? प्रतिक्षण इतिहासको पत्तीको धारबाट बाहिर निस्कँदै गर्दा उडिसकेको प्राण र बाँचिरहेको जीवनको दोधारमा अधमरो भई बाँच्न कस्तो होला ? म लामो समयसम्म आफ्नो जीवन बाँचिसकेको छु र यसका लागि म अत्यन्त कृतज्ञ पनि छु । मैले मेरो जीवन कालमा धेरै सफलताहरू, धेरै असफलताहरू, धेरै पाठहरू, धेरै आनन्द, धेरै दुःख र गहिरो खुसी प्राप्त गरेको छु । अब मलाई केही चाहिएको पनि छैन । संसारभरि रहेका मानिसहरूको दुःख, पीडाबाट छुटकारा दिलाउन, राहत उपलब्ध गराउन म मेरो बाँकी जीवन अर्पण गर्ने प्रण गर्दछु र यसरी सदासयतापूर्ण सभ्यता र दिगो मानवीय विकासको स्थापना गर्न प्रतिबद्ध छु ।
जीवनमा धेरै मन बहलाउने कुराहरू छन्, जस्तै : सुविधा, सुरक्षा, मनोरञ्जन, खाना, थकान, आराम, बिमारी, स्वास्थ्य, घमण्ड, इच्छा–उमंग, द्विविधा, क्रोध, कायरता, दैनिक क्रियाकलाप, कुनै विषय वस्तुमाथिको आशक्ति, सौन्दर्य प्रतिको रूचि, प्रतिस्पर्धा र अरुका आवश्यकता तथा माग । म कसरी मेरो प्रतिज्ञालाई साकार पार्न सक्छु ? म ६ वटा पवित्र क्षेत्रमा केन्द्रित हुनेछु र ५ वटा पवित्र मुख्य कार्य तथा चार वटा प्रमुख अभ्यासहरूमा प्रतिबद्ध रहनेछु ।
६ वटा पवित्र क्षेत्रहरू
म मेरो मन, मस्तिष्क र शरीरका सम्पूर्ण उर्जाहरूलाई निम्न लिखित कुराहरूमा समर्पित गर्नेछु (१) जलवायु परिवर्तन प्रकोप न्युनीकरण, प्राकृतिक सौन्दर्य तथा स्वच्छ वातावरणमा कमी ल्याउने तत्वहरूसँग व्यवहार गर्न र नवीकणीय उर्जा कार्यक्रमलाई सहयोग तथा समर्थन गर्न (२) महिला अधिकार र सशक्तीकरण गरी उनीहरूलाई महिला तथा पुरुष समविकास तालिम दिई चेतना अभिवृद्धि गर्न (३) संस्थागत विकासका लागि संगठन, नीति तथा नेतृत्व विकासमा सहभागीमूलक प्रक्रिया तथा शासन प्रणालीलाई प्रवर्धन गर्न (४) सांस्कृतिक तथा धार्मिक सहिष्णुता र सदासयताको परिपोषण गर्न (५) सबैका लागि सुशिक्षा, सुस्वास्थ्य, समृद्धि उपलब्ध गराई आर्थिक सामाजिक न्यायको संरचना निर्माण गर्न र (६) अहिंसा, शान्ति, सौहार्दपूर्ण समता र जेल सुधार÷कैदीलाई सुविधा उपलब्ध गराउन ।
पाँच पवित्र कार्यहरू
माथि उल्लेखित क्षेत्रहरूमा प्रभावकारी कार्यान्वयन गर्न म (१) लेखन तथा प्रकाशन गर्नेछु (२) डिजाइन तथा कार्यान्वयन गर्नेछु (३) मानवीय दिगो विकासलाई प्रवर्धन गर्न प्रचार—प्रसार तथा सूचना आदान—प्रदान गर्नेछु (४) नवप्रवर्तनकारी नेतृत्व प्रव्रिmया प्रशिक्षण गर्नेछु र (५) समूह, सञ्जाल र अभियानहरूमा रणनीतिक योजनाहरूको सहजीकरण गर्नेछु ।
चार पवित्र अभ्यासहरू
माथि व्यक्त गरिएका प्रतिज्ञा, विषयगत क्षेत्रहरू मुख्य कार्यहरूसँग व्यवहार गर्न तथा मेरा प्रतिबद्धताहरूलाई दिगो तथा ठोस बनाउन (१) नियमित ध्यान, समाधि, प्रार्थना, उपाशना, धार्मिक पूजा–पाठ र कार्यान्वयन कोविमर्श गर्नेछु (२) मैले गरेको प्रतिज्ञा, छनोट क्षेत्रहरू, कार्यान्वयन कार्य, अभ्यासको विवेकलाई पठन–पाठन, अध्ययन, कार्यशाला सेमिनार, सम्मेलन र पुनर्ताजगी कार्यक्रम मार्फत गहन बनाउनेछु (३) मन मिल्ने साथी, एउटै दर्शन, आदर्श लिएका सहृदयी मित्र मण्डलीहरूसँग सहकार्य र जीवनयापन गर्नेछु, यसैगरी प्रकृतिसँग खेल्दै स्वस्थ तथा फुर्तिलो शारीरिक संरचना पुनर्निर्माण गर्नेछु र (४) मेरो सम्पर्कमा आउने जो कोहीसँग पनि दयालु–मायाँलु र कृपालु ढंगले व्यवहार गर्नेछु ।
म चाहन्छु, यो मैले सोचेजस्तो होस् !
तपाईको प्रतिज्ञा केहो ? तपाईका लागि विशेष क्षेत्रहरू कुन कुन हुन्, मुख्य कार्य के छन् र के कस्ता अभ्यास मार्फत सबैका लागि बाँच्नुहुन्छ ?
हिम्मत नहार्नुहोस्/हतोत्साही नहुनुहोस्
मैले यु.एन.डी.पी.को कर्मचारीको रूपमा लामो समय काम गरिसकेपछि कहिलेकाहीँ मानिसहरूले मलाई सोध्ने गर्थे, किन यु.एन.डी.पी.मा काम गर्नुभयो ? के अनुभव तथा ज्ञान प्राप्त गर्नुभयो ? जब म उनीहरूलाई नै यो प्रश्न सोध्थेँ । उनीहरू भन्ने गर्थे कि त्यतिका वर्ष यु.एन.डी.पी.मा काम गरिसकेपछि पनि उनीहरूको नजरमा म एकदमै ताजा, सकारात्मक थिएँ र पुरातनपन्थी थिइनँ । अनि म उनीहरूलाई स्पष्ट पार्थेँ कि मैले सरकारी कर्मचारीको रूपमा पनि १५ वर्षभन्दा बढी समयसम्म काम गरेँ । यी काम गर्दाखेरि मैले आफ्नो सिकाइलाई पनि प्रखर र प्रगाढ बनाउँदै गएँ । म त्यस्ता कामहरू गर्थे जसले मेरो चेतना, एकीकृतता, आशा र समसामयिक घटनाहरूलाई अद्यावधिक गर्न सहयोग गर्थें । आफूलाई सचेत तथा होसियार कायम राख्न सक्नु ठूलो कुरा हो किनकि यो संयोगवश घटित हुने कुरा होइन ।
यदि हामी आफूलाई मतलब राख्दैनौ, आफ्नो बारेमा होसियार छैनौँ भने हामी लुप्त तथा गुप्त हुनेछौं अथवा भ्रमित, कुण्ठित, मन्दबुद्धि, सन्तुष्ट, मनोरञ्जनप्रिय, बहानेबाज तथा निराश बन्न पुग्छौं । मेरो परिभाषा अनुसार सुखको निन्दा गर्ने व्यक्ति निराशावादी, नकारात्मक र भगौडा हुन्छ । धेरै जसो मानिसहरू उनीहरूको जीवनको सुरुआत तथा जीवन वृत्तिको माध्यम एउटा महान आशा, अपेक्षा, परिकल्पना र ऊर्जाका साथ सुरु गर्छन् । ती व्यक्तिहरू संघर्ष, घमण्ड, प्रतिरोध, द्वन्द्व तथा असफलताको यथार्थ संसारसँग साक्षात्कार गर्न पुग्छन् ।
जब म २० वर्षको थिएँ मलाई विश्वास थियो कि मेरो गैसस र म मिलेर १० वर्षभित्र यो संसारलाई रूपान्तरण गर्न सकिन्थ्यो । जब म ४० वर्ष पुगेँ, मलाई लाग्यो संयुक्त राष्ट्र संघ र म मिलेर २० वर्षभित्र हामी संसारलाई परिवर्तन गर्न सक्छौँ । तर जब म ६० वर्षको भएँ, मलाई विश्वास थियो कि पूरा समाज र मानव जाति मिलेर १०० वर्षभित्र संसारलाई रूपान्तरण गर्न सकिन्छ । तर रूपान्तरणको स्वरूप, ढाँचा, संरचना कस्तो होला ? हामी कुन किसिमको रूपान्तरण गर्न गइरहेका छौँ ? के हामी दिगो मानवीय विकासका लागि समानुभूतिपूर्ण सभ्यताको रचना गर्दछौँ या भेदभावपूर्ण, पीडादायी, खस्कँदो विकासको दुनियाँमा बाँच्नेछौं ? हामी हाम्रो बढ्दो उमेरसँगै रूपान्तरणका लागि आफ्नो प्रतिबद्धता तथा मनको हार्दिक तीव्र इच्छालाई बरकरार तथा कायम राख्न सक्छौँ र ती जिद्धी अवरोधहरू, जसलाई हामी व्यक्तिगत, मनोवैज्ञानिक र व्यवहारगत ढंगले संगठनहरूमा कसरी लागू गर्न सक्छौँ ? हामीले आजै गर्नुपर्ने काम कसरी गरौँला जब हामीलेभविष्यमा चरितार्थ गर्नुपर्ने कुराहरूको परिकल्पना गर्छौँ ? म आफूलाई कसरी रेखदेख, हेरचाह, बरकरार, कायम र अद्यावद्यिक गरुँला ताकि म मेरो अभियानमा सकृयतापूर्वक संलग्न हुन सकूँ तथा संलग्नतालाई निरन्तरता दिन सकूँ ।
मैले प्रत्येक विहान गर्ने काम र सम्झने कुरा भनेको म को हुँर म किन छु ? हो, मेरो जीवनप्रति कृतज्ञता व्यक्त गर्छु त्यसैले जीवनप्रति आभारी छु । म मेरो प्रतिज्ञा तथा प्रणलाई प्रगाढ बनाउँछु । म उनीहरूलाई स्मरण गर्छु जो मभन्दा पहिले यो संसारबाट विदा भए र म उनीहरूलाई सम्झन्छु जसलाई म मायाँ गर्छु । म यथार्थको पक्षमा शुरुदेखि नै प्रतिबद्ध छु र समानुभूतिपूर्ण र समझदारीयुक्त जीवनप्रति पुनः प्रतिबद्ध हुन चाहन्छु । सायद यही नै एकदमै महत्वपूर्ण कुरा हो र म यो प्रायःजसो दिनभरि नै गरिरहन्छु । यो मेरा लागि मुख्य कार्य गर्नुअघिको प्रमुख कार्य हो । यी क्षणहरूमा प्रत्येक कुराहरू साकार हुन्छन् र म शान्तिमा केन्द्रित हुन्छु ज्ञान प्राप्तिका लागि लालायित हुन्छु र काम गर्न उत्साहित हुन्छु । मुख्य कुरा के भने सबैको भलाइका लागि म जे गर्न सक्छु, त्यो खुसी तथा गर्वका साथ गर्छु ।
सुनिश्चितताविना नै कार्य गर्नुहोस् !
पृथ्वीमा जीवनको भविष्य बारेमा म एकदमै आशावादी छु तथा गहन चिन्तन गर्छु । म आशावादी छु किनभने म यो विश्वास गर्छु कि हामी मानव जाति वास्तवमै बिउँझिन अथवा जागृत हुन सक्छौँ र समानुभूतिपूर्ण सभ्यताको रचना गर्न सक्छौँ । म यस विषयमा चासो राख्छु तथा चिन्तित छु किनभने कुनै पनि कुरालाई ठोकुवा गरेर भन्न सकिँदैन किनकि यस किसिमका रूपान्तरणलाई अवरोध पुऱ्याउने कयौँ शक्तिशाली तत्वहरू विद्यमान हुन्छन् ।
आशाको पक्षबाट हेर्दा हामी मानवीय स्वभावले भरिएका छौँ, जुन आधारभूत रूपमा उपयोगी र असल छ, समानुभूतिपूर्ण र प्रेमपूर्ण छ । हामीसँग क्षेप्यास्त्रले बनाएको मार्गको इतिहास छ, जुन परिपक्व प्रजातान्त्रिक सरकार, मानव अधिकार, वातावरणीय चेतना तथा संरक्षण, लैंगिक समानता, आर्थिक–सामाजिक न्याय र सांस्कृतिक सहिष्णुतासँग सम्बन्धित छन् । हामीसँग संसारभरिका सदासयता, दया र परोपकारको भावना भएका कैयौँ व्यक्तिहरू छन्, संगठन तथा संजालहरू छन् र तिनीहरू दिगोपना, न्याय, समता, सहभागिता र विवेकपूर्ण समझदारीमा आधारित मूल्य—मान्यता अन्तर्गत असल संसार निर्माण गर्न रात दिन नभनी एकाग्र चित्त भएर निरन्तर रूपमा काम गरिरहेका छन् ।
चिन्ता, चासोको सरोकारका कुरा गर्दा हामीसँग शक्तिशाली नकारात्मक भावनाहरू छन् जसले हामी मानव जातिको डर, त्रास, क्रोध, घृणा, घमण्ड लोभ, लालच र अज्ञानतामा आगोमा घिउ थप्ने काम गरी प्रज्वलित गर्छन् र हायल–कायल बनाउँछन् । हामीहरूसँग हाम्रा निहित स्वार्थहरू छन् । यी निहित स्वार्थका कारण जीवाश्म उर्जासँग सम्बन्धित कोइला वा कोइलाजन्य उद्योग स्थापना गरेर हातहतियार तथा मादक पदार्थमा आधारित व्यवसाय, उद्योगधन्दाबाट पैसा कमाउने तरिकाको प्रवर्धन, संरक्षण तथा होडबाजी गर्छन् ।
हामीसँग त्यस्ता मानिसहरू पनि छन्, जो यौनवाद, जातिवाद र सममैथुनवादबाट बर्बाद भएका छन् । हामीसँग सामान्य नागरिकहरू पनि छन्, जोसँग ठूला ठूला हातहतियार छन् । हामीसँग यस्ता मानिसहरू पनि छन्, जोविज्ञानमा विश्वास गर्दैनन् र धार्मिक कट्टरताले गर्दा धार्मिक आस्था, नीति नियम अनुसार नियन्त्रित भई जीवनयापन गर्छन् । यी र यस्ता उपर्लिखित तथ्यहरूले आउँदा दस वर्ष, सय वर्ष र हजारौं वर्षसम्म कसरी आफ्नो खेललाई, पकडलाई जारी राख्लान् ? यो सम्पूर्ण रूपमा ‘निश्चित’ कुरा होइन । यसले हामी सबैलाई आफ्नो सामथ्र्यअनुसार यथाशक्य इतिहासको धनुषलाई दिगोमानवीय विकास र समानुभूतिपूर्ण सभ्यता निर्माणार्थ प्रत्येकलाई व्यक्तिगत तवरमा केही न केही गर्न अभिप्रेरित गर्छ । कमजोरी, त्रुटि, असक्षमतालाई न्युन गर्न र पृथ्वीमा बसोवास गर्ने सम्पूर्ण व्यक्तिहरूका लागि सुन्दर भविष्य निर्माण गर्न हामीले विवेकपूर्ण, आमूल नवप्रवर्तनकारी कार्य गर्न तयार रहनु आवश्यक छ ।
मलाई पूर्ण तथा विवेकपूर्ण विश्वास छ कि कुनै पनि निश्चिन्तता बिना, अनिश्चित नै होस्, जे सुकै होस्, त्यो प्रकाशले हाम्रो अँध्यारोलाई चिर्नेछ, विकृतिमाथि संस्कृतिले प्रकास छर्नेछ, डरमाथि नियन्त्रण गर्नेछ, दासतामाथि स्वतन्त्रता र मृत्युमाथि विजय प्राप्त गर्न अग्रसर गराउने छ । यो पवित्र अभियानमा हामीले हृदयदेखि नै आत्मसात गरेका प्रक्रियाहरूले जस्तै– सत्य, दया, सदासयता, अहिंसा, ऐक्यबद्धता, परिकल्पना, बल र साहासले ठूलो भूमिका खेल्नेछन् । हामी यो यात्रामा निरन्तर रूपमा लागिपरेका छौँ, त्यसैले आऔँ हामी खुला आँखाले सक्रिय भएर आनन्दित मनले यस कार्यलाई अघि बढाऔँ ।