images
images

महिनावारी

महिनावारी
महिनावारी, सामान्य योनि रक्तस्राव हो यसलाई मासिक चक्र या धर्म चक्र पनि भनिन्छ । महिलाहरु सामान्यतया महिनाको १ पटक महिनावारी हुन्छन । महिनावारी २८ दिनभित्रमा हुन्छ भने कसैलाई २१ देखि ३५ भित्र हन सक्छ । तनाव,कडा व्यायाम,खराब आहार आदिका कारणले महिनावारी अनियमित हुन सक्छ । महिनावारी २ देखि ७ दिन सम्म हुन्छ । यद्यपि,शरीर अनुसार कसैलाई फरक हुन सक्छ । महिनावारी चक्रमा निश्चित दिन नहुन सक्छ । कहिले बढि हुन सक्छ र कहिले कम । २८ दिन केबल औषत मात्रै हो । प्रजनन उमेर समूहका महिलाहरुमा महिनावारी हुनु एक प्राकृतिक नियम हो । तर यही महिनावारी विषयमा पनि विभिन्न खाले नकारात्मक मान्यताहरु छन । 


महिनावारी हुनु भनेको उनीहरु शारीरिक रुपले गर्भावस्थाको लागि तयार हुनु हो । महिनावारी हुदाँ महिलाहरुलाई पेट, ढाड दुख्ने समस्याहरु देखिन्छ । यस्तो समयमा राम्रो स्यहार गर्नुको सट्टा महिलाहरुलाईृ हेलाहा गर्ने गर्छन । नेपालमा महिनावारी हुदाँ महिलाहरुलाई बाहिर नै बस्न लगाइन्छ । महिलाहरुमा महिनावारी हुदा दाजूभाई हेर्न नहुने, सूर्यको मुख हेर्न नहुने, जस्तो चलन रहेको छ । मेरै सन्दर्भमा हेर्दा म पहिलो पटक महिनावारी हुदाँ १३ बर्षको थिए । म आफैलाई थाहा थिएन मलाई के भयो भन्नी र यो कुरा मेलै आमालाई भने, शिक्षित परिवार हुदाँहुदै पनि मलाई भाइको अनुहार हेर्न हुदैन, सूर्यादय हेर्न हुदैन भनी कोठामा लगेर थुनिदिनुभयो । जून बेला पोषणयुक्त खाना र न्यानो बिस्ताराको खाचोँ पर्छ त्यही समयमा एउटा थोत्रो गुन्द्रि सादा खाना खाएर बस्न बाध्य थिए । म मात्र होइन नेपालमा अधिकांश महिलाहरुले यस्ता समस्याहरु भोग्नुपरेको छ ।


शिक्षा र चेतनाको विकास सगैँ यस बारेमा अन्धविश्वास तथा गलत परम्परा वा मान्यताहरुमा परिवर्तन हदैँ आएको छ । नेपालको सुदुर पश्चिम तिर अझै पनि महिलाहरुलाई महिनावारी भएको बेला घरबाट धेरै टाढा जगंलमा एउटा सानो झुपडीमा लगेर राख्ने चलन छ जसलाई छाउपडी प्रथा पनि भनिन्छ । यस्तो समयमा केटीहरु छाउपडीबाट बाहिर निस्कियो भने परिवारलचाई अलक्षिन लाग्छ,घरमा केहि राम्रो हुदैन भन्ने चलन रहेको छ । त्यो सानो झुपडीमा महिलाहरुलाई झेल्न पर्ने समस्याको हामी कल्पना पनि गर्न सकिदैन । कतिपय महिलाहरु त्यही सर्पले टोकेर,जंगली जनावरको सिकार भई त्यही अकालमै मरिरहेका छन । मानिस भएर मानिसलाई नै जनावर जस्तो व्यवहार गरिन्छ ।नेपालमा पनि अलि विकसित ठाउँमा, महिलाहरु शिक्षित भएको ठाउँमा महिनावारीलाई सामान्य रुपमा नै लिइन्छ । महिनावारी अभिशाप नभई वरदान हो भन्ने ज्ञान सबैमा भए बल्ल विकास हुन सक्छ । महिलाहरुलाई यस्ता समस्याहरुबाट सचेत बनाउन विभिन्न सरकारी,गैर सरकारी तथा वैदेशिक संस्थाहरुले सहयोग गरिरहेको छ । महिनावारी एक प्राकृतिक नियम हो । विभिन्न संस्थाहरुले महिलालाई प्याडहरु वितरण गर्ने,प्याडहरु बनाउने तालिमहरु दिइरहेका छन ।
 

विभिन्न संस्थाहरुले महिलाहरुलाई सचेत र अन्धकारबाट  हटाउन विभिन्न प्रयास गरिरहेका छन त्यो मध्ये इन्सिच्यूट अफ कल्चरल अफेयर एक हो । यस संस्थाले पर्वत,संखुवासभा,जस्ता विभिन्न ठाउँमा प्याडहरु,सेनिटरी नेपकिन बनाउने तालिमहरु दिइरहेको छ । महिनावारी एक प्राकृतिक नियम हो त्यसैले यसलाई सरल रुपमा लिनुपर्दछ ।