एजेन्सी l मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।
मुम्बईमा शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो । राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईको जितमा सूर्यकुमार यादवले ५१ रनको अर्धशतकीय इनिङ खेले । तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रन बनाए । टिम डेभिडले अविजित २० रन जोडे । राजस्थानका ट्रेन्ट बोल्ड, प्रशिद्द कृष्ण,रविचन्द्र आश्विन, कुलदिप सेन र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । राजस्थानका लागि जोस बट्लरले ६७ रनको अर्धशतकीय इनिङ खेले ।
रविचन्द्र आश्विनले २१, द्र्याल मिचेलले १७, सन्जु सामसनले १६ तथा देबदुत पडिकलले १५ रन बनाए । मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले २/२ विकेट लिए ।
यस जितसँगै मुम्बईले पहिलो २ अंक जोडेको छ । मुम्बईले लगातार ८ खेलमा हार व्यहोरेपछि नवौं खेलमा जित निकालेको हो ।
मुम्बई पुछारमै रहेको छ । राजस्थानले ९ खेलमा १२ अंक जोडेको छ । राजस्थान दोस्रो स्थानमा रहेको छ ।