काठमाडौँ - नेपाल बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रा.लि. बिच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमकाबिच नेपाल बैंककोतर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र नेपाल रेमिट इन्टरनेसनल प्रा. लि. का तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।
नेपाल रेमिट इन्टरनेसनल प्रा. लि. मार्फत आएको रेमिटान्स नेपाल बैंक लिमिटेडको सम्पूर्ण शाखाहरु, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ । यस सम्झौतामार्फत देश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकवर्गहरुले सहज र सूलभ तरिकाले रेमिटान्स कारोबार गर्न सकिने बिश्वास लिइएको छ ।
नेपाल बैंक लिमिटेडले रेमिटान्स क्षेत्रमा आफनो छुट्टै पहिचान बनाउदै बिगत ८५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । नेपालभर दुई सय १९ वटा शाखाहरु, ४७ वटा एक्सटेन्सन काउन्टर र दुई सय ६० भन्दा बढि रेमिटान्स भूक्तानी गर्ने सव एजेन्ट, पाँच हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो सहज र सूरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, उच्च ब्याजदर प्राप्त हूने रेमिटान्स बचत खाता एवं मुद्धती खातामा रकम जम्मा सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
बैंकले छिटोछरितो र गूणस्तरीय ग्राहक सेवामा जोड दिई यूवा जनशक्तिमार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यूवा कर्मचारी र आधूनिक प्रविधिको समूचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको दावी पनि बैंकले गरेको छ ।