images
images

‘इम्बोस्ड नम्बर जडान नगरे देखाइदिन्छु’ भन्ने धम्की खारेज नगरे जनताले अवज्ञा गर्छन् : गगन थापा

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले यातायात मन्त्रालयले दण्ड र जरिवानाको डर देखाएर नागरिकलाई तर्साउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।  प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै महामन्त्री थापाले यातायात मन्त्रालयले आम नागरिकलाई धम्कीपूर्ण निर्देशन दिएको भन्दै आपत्ति जनाका हुन् ।

नामाकरण टुंगिएको प्रदेशमा गत मंसिर महिनादेखि इम्बोस्ड नम्बर प्लेट लागू गर्ने गरिएको निर्णय कार्यान्वयन नभएको विषयमा समीक्षा नै नगरी सरकारले १ साउनदेखि अनिवार्य गर्नेगरी जारी गरिएको सूचनाबारे पुनर्विचार गर्नुपर्ने उनको माग छ । 

समयमा काम नगर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका उनले जनतालाई सास्ती दिने काम भने बन्द गर्नुपर्ने बताए । जोडिएका इम्बोस्ड नम्बर प्लेट पनि गुणस्तरीय नरहेको भन्दै थापाले राष्ट्रिय सुरक्षाका लागि इम्बोस्ड नम्बर जडान गर्ने हो भने राज्यले पनि आर्थिकभार बेहोर्नुपर्ने बताए । इम्बोस्ड नम्बर जडानमा सस्तो र गुणस्तरीय पनि कायम गर्नुपर्ने उनको भनाइ छ ।