images
images

राजापाक्षे देश छोडेर भागेको खुलासा

एजेन्सी - आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षे देश छोडेर भागेको खुलेको छ।

बेलायती प्रसारण संस्था बिबिसीसँग कुरा गर्दै श्रीलंकाका सभामुख महिन्दा यापा आबेवार्डेनले राजापाक्षे स्वदेशमा नभएको बताएका हुन्।

उनले भनेका छन्- राष्ट्रपति देशबाहिर नजिकै हुनुहुन्छ। बुधबार राजीनामा दिनुहुन्छ। त्यतिबेला उहाँ स्वदेश फर्किनुहुन्छ।