images
images

दुर्गा प्रशाईः प्रचारमुखी वा मानवतावादी


तप्रति शर्मा

डा. गोविन्द केशीको लिडें प्रवृत्तिबाट प्रताडित भएका दुर्गा प्रशाई दुबईका राजकुमार बाट सुनको लौरो उपहार पाएपछि फेरि चर्चामा आए । बैङ्कको रिण लिएर दुःखजिलो गरी मेडिकल कलेज खोल्ने प्रयत्न मात्रै उन्ले गरेनन्, धेरैको पीडा कम गर्ने खालका काम समेत गरे । तर आम सञ्चारले उन्को खेदो गर्न रतिभर छोडेन । अधिकांश यस्ता संचार सस्थाहरु कतैबाट प्रायोजित हुने गरे तापनि यिन्ले आम जनमानसमा दुर्गा प्रशाई साँच्चै नै खराब व्यक्ति रहेको सन्देश दिन खोज्यो । दुर्गा प्रशाईका अनवरत प्रयास र एकोहोरो विकासवादी नीतिका अघि यस्ता सञ्चार माध्यमहरु कमजोर हुन पुगे । धेरै युवा तथा पीडितहरु अब यस्ता कुप्रचारबाट सचेत बन्दै गएका छन् । 
झापा ३ नम्वर क्षेत्रबाट आफू संघीय चुनावमा उठ्ने मनशायका साथ दुर्गा प्रशाई आफूलाई त्यस क्षेत्रमा बढी व्यस्त राख्दै आएका छन । हरेक ब्यक्ति र घर घरमा उन्को नाम गुजिंन थालेको छ । कृष्ण प्रसाद सिटौला र राजेन्द्र लिङ्गदेनलाई दुर्गाका कारण अबको संघीय चुनाव त्यति सहज छैन । त्यसक्षेत्रमा कुनै बेला अतिनै लोकप्रिय सांसद स्व. द्रोणाचार्य क्षेत्रीको सम्झना यस पल्ट दुर्गा प्रशाईले गराईरहेका छन् । यो क्षेत्रमा पुनः नेकपा एमालेको बर्चस्व हुने संभावना धेरैले  सोचेका छन् । दुर्गा प्रशाईको चुनावी रणनीति र त्यस क्षेत्रमा उन्को योगदानले उन्को विजयी यात्रा सुरु भइसकेको धेरैले बताउन थालेका छन् । 

उदार दिलका तथा सोझौ विचार राख्ने शैलीका कारण दुर्गालाई धेरैले हाँसोमा उडाउन खोज्छन । अरुको खोलेमा जीवन निर्वाह  गर्ने कथित पत्रकार तथा भोक हड्तालीहरुका लागि  आज उनी एकै पल्ट सैयौं त्यस्ता व्यक्तिलाई टक्कर दिने अवस्थामा पुगेका छन् । त्यस्ता पत्रकारहरुलाई उन्ले छलफलमा आउन खुल्ला चुनौति समेत दिने गरेका छन् । 
पूर्वाग्राही तथा दूराग्रही राजनीति र तथाकथित नागरिक समाजको शिकार भएका दर्गा प्रशाई आफ्नो सोच र लक्ष्यबाट कति पनि पलायन भएनन् । बरु यसबाट उन्मा नयाँ चिन्तन र प्रतिबध्दताको विकास भयो । नेपालमा कतिपय विकासका कार्य गर्न नपाए पछि उन्ले आफ्नो रणनीतिमा परिवर्तन गरे । नेपालकै लागि तर टाढाको मुलुकमा आफ्नो कार्य विस्तार गरे । दुबइमा ठूलो संख्यामा चिकित्सक र नर्शहरुको विकास गर्ने उद्देश्यले त्यहाँका राजकुमार संग दोस्ति गरे । यहाँका शासक तथा भोक हड्तालीका लागि यो ठूलो तमाचा थियो । प्रतिवध्द व्यक्तिलाई कसैले पनि रोक्न सक्दैन भन्ने यो राम्रो दृष्टान्त थियो ।
दुर्बइमा समस्या परेका नेपालीहरु वा मृतक लाशहरुको व्यवस्थापन गर्नु उन्ले आफ्नो अभियान ठानेका छन् । यसैकारण आज उनी जब दुबई पुग्छन, हजारौं नेपालीहरु उन्को स्वागतमा जुट्छन् । जब उनी झापाको तीन नम्बर पुग्छन, त्यति नै संख्यामा स्थानीय जनताहरु उन्को सामिप्य हुन खोज्छन् । अत्यन्तै महत्वकांशी  र भविष्यवेत्ता दुर्गा प्रशाई आज झापाको मात्र नभई समग्र देशकै आशका किरण हुन । धर्म तथा राजनीति भन्दा माथि उठेर उन्ले मानवतावादी कार्यहरु गर्दै आएका छन् । उनको यो यात्रा जारी रहोस, शुभकामना ।