images
images

निर्मल हृदयको टीम बिल्डिङ

बुटवल,  १२ फागुन । 
निर्मल हृदय संस्था, नेपालको आयोजनामा संस्था सञ्चालन तथा व्यवस्थापन सम्बन्धि एक दिवसीय टीम बिल्डिङ तालिम विहिवार बुटवलमा सम्पन्न भयो ।
तालिममा संस्थागत परिचय, त्यसका गतिविधिहरू, संस्थाका उद्देश्य, संस्था सञ्चालन र व्यवस्थापनमा  टीम बिल्डिङ्गको आवश्यकता विषयमा सामाजिक अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गर्नुभएको थियो ।
साथै सहभागीहरूलाई उद्यमशीलता, लघु उद्यम विषयमा महिला उद्यमी गीता थापाले सहजीकरण गर्नुभएको थियो । 
कार्यक्रममा संस्थाकी सचिव छवि तिमिल्सेना र सहसचिव सुमित्रा टण्डनले सामाजिक विकासका लागि आफ्नो संस्था निरन्तर क्रियाशील रहेको अवस्थामा तालिमले थप उर्जा प्रदान गरेको बताउनु भयो । साथै, तालिम उपलब्धिमूलक रहेको बताउँदै आगामी दिनमा संस्थालाई गतिशील र दिगो बनाउन सजिलो हुने संस्थाका अध्यक्ष सुलोचना भण्डारीले बताउनु भयो।