मस्तिष्कमा आधारिक सिकाई मानवीय मस्तिष्कको संरचना र क्रियाकलापमा आधारित हुन्छ । प्रशिक्षकहरु मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरामा अवगत हुनु आवश्यक छ । जसरी शरीरलाई तन्दरुस्त राख्न व्यायामको आवश्यकता पर्दछ, त्यसरी नै मस्तिष्कलाई चुस्त राख्न अध्ययन, अनुसन्धान, अवलोकन आदिको आवश्यकता पर्दछ । सफलता प्राप्तिको निम्ति आफ्नो ऊर्जाको ९०% भाग दिमागी चुस्तताका निम्ति खर्च हुने गर्छ । दिमाग त सबैको एकै हो तर, मन (Mind) कसैले बढी प्रयोग गर्छन त कसैले कम । मनको करिब १० % भाग चेतनाशील मन हो भने बाँकी ९०% भाग अचेतन (४० %) र अवचेतन (५० %) ले लिएको हुन्छ । विश्वास, भावना, आचरण, मूल्य मान्यता आदि अवचेतन मनबाट निर्धारित हुन्छन् भने विचार, तर्क आदि चेतनशील मनले नियन्त्रण गर्छ । हामीले हाम्रो चेतनशील र अवचेतन मनको सन्तुलित प्रयोग गर्दै मन र शरीरलाई समेत सन्तुलित गर्दै सिकाईलाई प्रभावकारी बनाउन सक्छौं ।
सिकाईका क्रममा हामी पाँच ज्ञानेन्द्रीयबाट सही खालका सूचना प्राप्त गरी दिमागमा पठाउंछौ । यसरी प्राप्त सूचनाहरु मस्तिष्कले आफू अनुकूल बङ्गयाउने, हटाउने वा सामान्यकरण गर्ने गर्छ । त्यसैले प्राप्त सूचनाहरु जस्ताको त्यस्तै मस्तिष्कले अघि बढाउंछ भन्ने हुंदैन । मस्तिष्कले व्यक्तिको विचार, विश्वास, मूल्य–मान्यता, स्मरण, निर्णय गर्ने प्रक्रियाका आधारमा व्यक्तिको रुझान व्यक्त गर्छ । यसैका आधारमा मस्तिष्कको अवस्था सिर्जना हुन्छ र व्यक्तिको आनिवानी, काम, प्रत्तिकृया आदि त्यस अनुरुप देखिने गर्छ । यदि व्यक्ति स्वभावले नै बढी नकारात्मक स्वभावको छ भने उस्को मस्तिष्कले राम्रै कुरा सूचनाका रुपमा मनमा आए पनि नकारात्मक दृष्टिकोण बनाउन सक्छ ।
हाम्रो पुरानो मान्यता विपरित कुनै पनि उमेरको ब्यक्तिले नयाँ कुरा सिक्न सक्छ । किनकि सिक्ने भनेको न्यूरोनहरु बीचको नयाँ सम्बन्ध वा सञ्जालको विकास गर्नु हो । विभिन्न स्नायुहरु मार्फत हाम्रो शरीरले नयाँ सूचना प्राप्त गरिरहेको हुन्छ, जुन नसा हुँदै मस्तिष्कमा पुग्छ । सिकाई भएको कुरा सम्झनाको रुपमा पुनः नयाँ सञ्जालहरुले राख्न मद्दत पुऱ्याउँदछन् । सन् १९८० सम्म रहेको पुराना सोचाइ अनुरुप मस्तिष्क एकनास वा सधै एउटै आकारमा रहन्छ भन्ने कुरा अब गलत सावित भएको छ । हामीले सिकेका हरेक कुराहरुबाट मस्तिष्कको आकार संरचना र सञ्जालमा परिवर्तन आउने गर्छ । मस्तिष्कको आकार यसरी परिवर्तन हुने प्रक्रियालाई ब्रेन प्लाष्टिसिटी भनिन्छ । वयस्क ब्यक्तिहरुमा समेत मस्तिष्कको विकास वा वृद्धि हुने कार्य जारी रहन्छ । सन् १९९८ मा गेज र अन्य बैज्ञानिकहरुले मानवीय मस्तिष्ककै नियमित बृद्धि हुने क्षमता (regeneration) हुन्छ भन्ने कुरा पुष्टि गरे । कुनै ब्यक्ति दुर्घटनामा परि मस्तिष्कमा आघात परेको ब्यक्तिहरुमा पुनः पुरानै अवस्थामा फर्कन सक्नु नै यस कुरालाई पुष्टि गर्छ ।
धेरै न्यूरोनका कारण मस्तिष्क शरीरका अन्य अङ्ग भन्दा फरक हुने गर्छ । न्यूरोनको संख्या र त्यसबाट बन्ने सञ्जालका आधारमा कुनै पनि ब्यक्ति कति कम वा बढी बुद्धिमान छ भन्ने कुराको निक्र्योल हुन्छ । न्यूरोनहरु अत्यन्तै सानो आकारका हुन्छन् । एउटै पिनको टुप्पामा पनि ३० हजार देखि ५० हजार वटासम्म न्यूरोनहरु अट्न सक्छन् । मानव मस्तिष्कमा करिव १०० अर्ब न्यूरोन हुने गर्छन । ती हरेक न्यूरोनहरु अरु असख्य न्यूरोनसँग गाँसिइ सञ्जालका रुपमा जेलिएर रहने गर्छन । जब हामी कुनै कुरा सिक्छौं तब मिल्ने न्यरोनहरुले नयाँ सञ्जालको विकास गर्छन् । यस्ता सञ्जालहरु बीच रसायनिक आदान प्रदान हुने गर्छ । यस्ता सञ्जाल तथा रसायनकै कारणले मस्तिष्कले विचार निकाल्न, सिक्न तथा सम्झन सक्छ । जस अनुरुप मानवीय अर्थपूर्ण ब्यवहार र कार्यहरुको सृजना हुन्छ । त्यसैले मस्तिष्क समग्र स्नायु प्रणालीको केन्द्र हो । यस्ले हामलाई अरु जीव भन्दा फरक तथा विशिष्ट जीवका रुपमा प्रस्तुत गर्दछ ।
चेतना मस्तिष्कको अपरेटिङ्ग सिस्टम हो, जस्ले मस्तिष्कलाई क्रियाशील बनाउँछ । यै चेतनाले मानिसलाई जीवन प्रदान गर्छ । चेतना विनाको मस्तिष्क ढुङ्गा तुल्य हुन्छ, निर्जीव हुन्छ । मस्तिष्कमा प्राप्त चेतनाकै कारण मनको सिर्जना हुन्छ । मन भनेको क्रियाशील मस्तिष्क हो । हामीमा चेतनशील मन भनेको क्रियाशील मस्तिष्क हो । हामीमा चेतनशील मन र अर्ध चेतन मन हुने गर्छ । चेतनशील मन मस्तिष्कको अघिल्लो भाग अर्थात निओकर्टेक्समा हुने गर्छ भने अर्ध चेतन पछिल्लो भागमा । हामीले सिकेका, सोचेका तथा जानेका सम्पूर्ण कुराहरु निओकर्टेक्समा सङ्ग्र्रहित हुन्छन् । यो भागमा मस्तिष्क कोष वा न्यूरोनहरुले कसरी सञ्जाल बनाएको हुन्छन तथा कतिको संख्यामा छन भन्ने कुराबाट कुनै पनि ब्यक्तिको क्षमता तथा बौद्धिकताले हुने गर्छ । यसैका कारण कुनै पनि ब्यक्ति अन्य ब्यक्ति भन्दा फरक वा विशिष्ट हुने गर्छ ।
चेतन मनले चेतनशील विचारहरुलाई प्रशोधन गर्छन । यो मन स्व नियन्त्रित तथा स्व सञ्चालित हुने गर्छ हामीले चाहना गरे मात्र यो बढी क्रियाशील हुने गर्छ । मस्तिष्कको यसै भागले गर्दा हामी आफ्नोपन देखाउन सक्छौं, भनौ हामी आफूलाई समाजमा प्रस्तुत गर्न सक्छौं । यस्ले हाम्रो सिकाइ र अनुभवलाई विचारका रुपमा प्रशोधन गर्छन् । यसको सहयोगबाट हामी मस्तिष्क र मनलाई परिवर्तन गर्न सक्छौं । अवचेतन मनलाई नियन्त्रण गर्न मस्तिष्को मध्य भागमा अवस्थित सेरेवेलम तथा ब्रेनस्टिम हन । यी भागमा चेतनशील मन हुदैन । यस भागले हामीलाई स्वस्थ राख्न आवश्यक पर्ने विभिन्न भागहरुलाई नियन्त्रित गर्ने गर्छन् । चेतनशील मन कैे कारण यो संसार अहिलेको अवस्थामा आइपुगेको हो । जब हामी चेतनशील मन र अवचेतनशील मनलाई सँगै प्रयोग गर्न सक्छौं तब मस्तिष्कमा हुने सञ्जाल प्रणालीलाई परिवर्तन गरी नयाँ चेतना वा अपरेटिङ्ग सिस्टमको विकास गर्न सक्छौं । मस्तिष्क, मन र चेतनाको समुचित प्रयोगबाट हामी स्वस्थ तथा समृद्धि रहन सक्छौं ।
मस्तिष्क समग्र रुपमा न्यूरोनले ढाकिएको हुन्छ । एउटा सानो बालुवा वरावरकोे कणमा १ लाख भन्दा बदी न्यूरोन हुन्छन् । समग्र मस्तिष्कमा हुने १०० अर्व न्यूरोन गन्नलाई मात्रै पनि एक जना ब्यक्तिलाई ३,१७१ वर्ष लाग्दछ । कुनै न्यूरोनहरु ३ फिट लामो पनि हुन्छन् । मस्तिष्कबाट निस्कने यस्ता न्यूरोनहरु स्पाइनल कोर्ड हुँदै खुट्टा सम्म पुग्न सक्छन् । न्यूरोनहरुले बाहिरी वातावरण बारे मात्रै मस्तिष्कलाई बनाउने नभई शरीरलाई भोक वा तिर्खा लागेको छ कि वा कुनै दुखेको वा पोलेको छ कि भन्ने बारे पनि बताइ रहेका हुन्छन् । मस्तिष्कमा यस्तो सूचना पुऱ्याउने न्यूरोनहरुलाई सेन्सोरी न्यूरोन भनिन्छ भने मस्तिष्कले त्यस्ता सूनचाहरुलाई प्रशोधन गरी कुनै असर पार्न वा सूचना अनुरुप कार्य गर्न निर्देशन पुऱ्याउने न्यूरोनहरुलाई भने मोटर न्यूरोन भनिन्छ । सामान्यतया सबै ब्यक्तिमा सबै न्यूरोनहरुले एकै किसिमका काम गर्छन तर न्यूरोनहरुबाट बन्ने सञ्जालले भने विलकुलै फरक काम गर्न सक्छ, जस्को कारणले हरेक ब्यक्तिहरुको आनिबानी तथा ब्यवहार फरक हुने गरेको हो ।
न्यूरोनको संरचना
यसो हेर्दा न्यूरोन पात झरेको रुख जस्तो देखिन्छ, जस्मा सेल बडी, एक्सन र डेन्ट्राइट हुने गर्छन । सेलबडी भित्रको न्यूक्लियसमा डिएनए हुने गर्छन जस्ले वंशाणुगत सूचना सग्रह गर्छ र आफूलाई चाहिने प्रोटिन पनि यसैले बनाउने गर्छ । एक्सन रुखको काण्ड जस्तो हो भने डेन्ड्राइटहरु हाँगा बिङ्गा जस्तो हुन्छ । एक्सनहरु अत्यन्तै सुक्ष्म देखि २ मिटर सम्म लामा हुने गर्छन् । डेन्ड्राइटको अन्त्यमा ससाना काँडा जस्ता भाग हुने गर्छन । न्यूरोनहरु विभिन्न किसिमका हुने गर्छन् यस्ले विभिन्न किसिमका रसायनहरु प्रवाह गर्छ । न्यूरोनहरुको अवस्थिति, आकार र गतिका आधारमा तिनीहरुलाई विभिन्न किसिममा वर्गीकरण गर्ने गरिन्छ । विभिन्न ज्ञानेन्द्रिय तथा शरीरका विभिन्न भित्री भागहरुबाट मस्तिष्क तर्फ सूचना ल्याउने न्यूरोनलाई ‘सेन्सरी न्यूरोन’ भनिन्छ भने मस्तिष्क बा स्पाइनल कर्डबाट शरीरका विभिन्न भागमा सूचना पुऱ्याउने न्यूरोनलाई मोटर न्यूरोन भनिन्छ । न्यूरोनका शाखाका आधारमा न्यूरोनलाई एक मुखे, दुई मुखे वा बहु मुखे न्यूरोन भन्ने गरिन्छ । न्यूरोनले एक्सन डेन्ड्राइट हुँदै आफ्नो सूचना अघि बढाउँछन् । एक्सनले अरु न्यूरोनलाई आफ्नो विद्युतीय रसायनिक सूचना पठाउँछ भने डेन्ड्राइटले न्यूरोनहरु गुजुल्टो जस्तो देखिए तापनि अरु न्यूरोनले अर्को न्यूरोनलाई छोकै हुन्छ भन्ने छैन । न्यूरोेनहरु बीचमा अत्यन्त मिहिन खाली ठाउँ हुन्छ जस्लाई साइनप्स (Synapse) भनिन्छ । हरेक न्यूरोनले अरु हजारौं न्यूरोनसँग यस्ता साइनप्स बनाएका हुन्छ ।
स्नायु संवेग (नर्भ इम्पल्स)
न्यूरोनले केही किसिमका आयोन जस्तै सोडियम र पोटासियम आयोन जस्ले पोजेटिभ चार्ज गर्छ र क्लोराइड आयोन जस्ले नेगेटिभ चार्ज गर्छ को प्रयोगबाट नर्भ इम्पल्सको सिर्जना गर्छ । आराम गरि रहेको बेला न्यूरोनमा यस्को भित्री भागमा नेगेटिभ आयोन हुन्छ र सतहमा पोजिटिभ । न्यूरोन जब उत्तेजित हुन्छ, तब सतहमा रहेका पोजेटिभ आयोनहरु न्यूरोनहरु भित्र जान्छन्, जसबाट इम्पल्सको सिर्जना हुन्छ । आयोनको यस्तो प्रवाहलाई ‘एक्सन पोटेन्सियल’ भनिन्छ । यो प्रक्रिया अत्यन्त छिटो हुन्छ, भनौं एक सेकेण्डको हजार भागमा एक, जुन ४२० कि.मी. प्रति घण्टाको गतिमा हुने गर्छ । एक्सन पोटेन्सियलको कारण विद्युत चुम्बकीय क्षेत्रको सिर्जना हुने भएकोले यस्लाई विभिन्न उपकरणहरुको सहयोगमा नाप्न सकिन्छ । विभिन्न विचारहरु दिमागबाट निस्कदा, सोच्दा वा सुत्दा नै पनि मस्तिष्कमा विद्युतीय तरङ्ग वा इम्पल्स हुने सक्छ । हाम्रा शरीरमा भएका लाखौं न्यूरोनहरुमा यस्ता कुनै न कुनै किसिमका तरङ्गहरु हरेक समय प्रवाहित भइरहेको हुन सक्छ ।
यसरी इम्पल्स एउटा न्यूरोनबाट अर्कोमा सर्दा बीचको खाली ठाउँ अथवा साइनाप्स हुँदै अगाडि बढ्छ, जुन न्यूरोनबाट त्यो इम्पल्स शुरु हुन्छ । त्यता तर्फको भागलाई प्रिसाइनाप्टिक टर्मिनल र जता तर्फ जान्छ वा पल्लो पटिको भागलाई पोष्टसाइनाप्टिक टर्मिनल भनिन्छ । नर्भ इम्पल्स एक्सनको बाटो हुँदै अधि बढदै जान्छ, प्रिसाइनाप्टिक भागमा हुने बेलुन वा गिर्खा जस्ता मेसिकल वा थैलीमा जम्मा भएको रसायन अर्थात न्यूरोट्रान्समिटरहरु सक्रिय हुन थाल्छन् । भेन्सिकलहरु फुटी न्यूरोट्रान्सभिटर बाहिर निस्कि साइनाप्स तर्फ अधि बढ्छन् । यस्ता रसायनहरु केवल रसायन मात्र नभई शारीरिक प्रक्रियामा उथलपुथल ल्याउन सक्ने विभिन्न किसिमका सूचनाका खानी पनि हुन् । सेरोटिन र डोपमाइन जस्ता न्यूरोट्रान्समिटरहरु यस्तै मेसिकलहरु फुटेर निस्किने रसायन हुन् जस्ले ब्यक्तिलाई खुशी वा दुःख अनुभूति गराउने गर्छन् ।
हामी हरेक ब्यक्ति हरेक क्षण, हरेक दिन फरक फरक अनुभूति लिइ रहेका हुन्छौं । हाम्रा विचार, मूल्य, मान्यता, अनुभूति, सम्झना हर क्षण परिवर्तनशील छन् । न्यूरोनमा प्रभावित हुने यस्ता रसायनहरुले हामीलाई हाम्रो विशिष्ट सुझाव वा प्रवृतिको विकास गर्न प्रेरित गर्छन् । नर्भ इम्पल्सहरु शुरुमा विद्युतीय हुन्छन्, त्यस पछि रसायन र आयोनमा । किनकि, विद्युतीय इम्पल्सले भेसिकलमा भएका रसायन उत्सर्जन गराउछन् र पुन यी रसायनहरु मार्फत विद्युतीय तरङ्गको सिर्जना हुने गर्छ । न्यूरोनले सिर्जना गरेको विद्युतिय तरङ्गले न्यूरोट्रान्समिटर हुदै साइनाप्समा रसायनिक इम्पल्स पु¥याउँछ । यसले साइनाप्समा आयोन आदानप्रदान सम्बन्धी रासायनिक प्रक्रिया मार्फत नजिकको अर्को न्यूरोनमा पुनः विद्युतिय इम्पल्स पठाउँछ । पर्याप्त इम्पल्सको सिर्जना भए पछि क्रम्रसँग अरु न्यूरोन मार्फत यो प्रक्रिया अघि बढछ ।
म्स्तिष्कका विभिन्न भागका कामका आधारमा न्यूरोट्रान्समिटर रसायनहरु पाइन्छन् । ग्लुटामेट न्ब्द्यब्, एसिटाइटकोलाइन, सेरोटोनिन, डोपामाइन, मेलाटोनिन, इन्डोरफिन आदि यस्ता रसायनहरु हुन् । यस्ता रसायनहरुले विभिन्न खालका कामहरु गर्ने गर्छन् जस्तै न्यूरोनका कोषका विभिन्न कामहरुको गति बढाउने, घटाउने वा काम नै परिवर्तेन गर्ने आदि । यस्ता रसायनले न्यूरोनको नया सञ्जाल बनाउने वा बनाएको सञ्जालबाट छुट्टिने वा नजिकैको न्यूरोनलाई उत्तेजित गर्ने, सूचना पठाउने, परिवर्तन गर्ने वा रोक्ने आदि कार्यहरु गर्ने गर्छन् । कामका आधारमा न्यूरोट्रान्समिटरहरु उत्तेजित गर्ने वा रोक्ने ९भ्हअष्तबतयचथ र क्ष्लजष्दष्तयचथ० दुई किसिमका हुने गर्छन् । जस्तै ग्लुटोमेटले न्यूरोन उत्तेजित पार्छ भने न्ब्द्यब् ले बढी उत्तेजित न्यूरोनलाइ साम्य पारी मस्तिष्कको क्षति हुन बाट बचाउँछ ।
अवचेतन बौद्धिकता (Subconscious Intelligence)
केन्द्रिय तथा सतही स्नायु प्रणालीमा स्वचालित स्नायु प्रणली (Autonomic Nervans System) हुने गर्छन् जस्ले शरीरका स्वचालित प्रक्रियाहरुलाई सञ्चालन गर्न सघाउँछन् । मिड ब्रेन वा मभ्य मस्तिष्कबाट सञ्चालित हुने यो स्वचालित प्रक्रियाले शरीरलाई सन्तुलित राख्न जस्तै शरीरको तापक्रम सन्तुलित गर्ने तथा मुटुको वाल सन्तुलन राख्ने र शरीर भित्रको रसायनिक बस्तुको मात्रा सन्तुलन राख्न आदि कार्यमा मुख्य भूमिका खेल्छ । यस्ता कार्यहरु हामीेले थाहै नपाई अवचेतन रुपमा सञ्चालन भइनै रहन्छन् ।
स्वचालित स्नायु प्रणालीका दुई किसिम छन् । सिम्पाथेटिक र पारासिम्पाथेटिक स्नायु प्रणाली । सिम्पाथेटिक स्नायु प्रणालीले शरीरलाई आपतकालीन अवस्थामा जोगाउन सहयोग पुऱ्याउन भएकोले यसलाई ‘लड वा भाग’ (fight or flight) स्नायु प्रणाली पनि भन्ने गरिन्छ । जब हामीले कुनै खतराको अनुभूति गर्छौं, तब यस प्रणालीले हामीलाई लड वा भागका निम्ति तयारी गर्छ । तत्काल सामना गर्न वा भग्न तथा रक्त चाप, मुटुको चाप बढन थाल्नु, सासको गति बढ्नु र श।रीरमा एड्रेनलिन नामक ग्रन्थीको मात्रा बढ्नु यस्का कारण हुन् । बढ्न थाल्छ शरीर भित्रका सबै ऊर्जा खुट्टा र हातमा थुप्रिन थाल्छ । सिम्पाथेटिक स्नायु प्रणालीले जीवन रक्षार्थ शरीरको समग्र इलेक्ट्रो केमिकले रसायन संरचनामै परिवर्तन ल्याइ दिन्छ ।
पारासिम्पोथेटिक स्नायु प्रणालीको काम सिम्पाथेटिकले गरे भन्दा ठयाक्कै उल्टो हो । कुनै चुनौति आइ नपर्दा शरीरलाई सामान्य अवस्थामा राख्ने वा चुनौति पछि सामान्यकरण गर्र्ने यस प्रणालीले मुख्य भूमिका खेल्छ । स्वचालित स्नायु प्रणालीको अर्को पाटो रिफ्लेक्स एक्सन होे जस्ले सूचनालाई अकस्मात सामना गर्न शरीरले तयार पार्छ । ढुङ्गामा अकस्मात खुट्टा ठोक्किदाको अनुभव नै रिफ्लक्स एक्सको एउटा उदाहरण होे ।
नियन्त्रित तथा चेतनाको पाटो
अरु जीव भन्दा हामी फरक हुन सक्नुको मुख्य कारण हो – हामीले हाम्रो स्नायु प्रणालीको कतिपय भागलाई उच्चतम रुपमा नियन्त्रण वा प्रयोग गर्न सक्नु । हामी हरेक कार्यका लागि आफ्नो मस्तिष्कको अघिल्लो भाग वा निओकर्टेक्सले शरीरको नियन्त्रण तथा चेतनाको संयोजन गर्छ । हामी मानिस हुनु भनेको हामीले आफ्नो स्व–चालित तथा नियन्त्रित स्नायु प्रणाली बीचको अन्तरक्रिया गरी आफूहित अनुकूलन गर्न सिक्नु हो । स्वचालित प्रणाली मस्तिष्कको अवचेतन मनले नियन्त्रण गर्छ । हामी एउटै किसिमका न्यूरोनहरुको सञ्जाललाई प्रयोग गरी फरक फरक किसिमका न्यूरोट्रान्समिटरको अत्सर्जन गरी फरक अनुभूतिको सिर्जना गर्न सक्छौं । न्यूरोन र त्यहाँ हुने रसायनहरुकै कारण हाम्रो निश्चित दृष्टिकोण (attitude) को विकास हुन्छ । शरीरको मनोवैज्ञानिक तथा रसायनिक पाटो यति जेलिएको छ कि एउटामा आउने परिवर्तनले अर्कोलाई सजिलै असर पार्छ ।
सिकाई अनुभव
हेब नामक बैज्ञानिकको विचारमा “जब हामी केही कुरा सिक्छौं, तब हामीले हाम्रा न्यूरोन बीचको सम्बन्धमा पक्कै पनि केही परिवर्तन ल्याउछौ” । नजिकै भएका दुइवटा न्यूरोन मध्ये एउटा उत्तेजित बन्छ र अर्को शान्त भने पनि उत्तेजितले साइनाप्स हुदै शान्तलाई समेत उत्तेजित बनाउँछ र इलेक्ट्रोकेमिकल संवेग अगाडि बढाउँछ । यो कार्य नियमित रुपमा भए पछि दुइवटै न्यूरोन एकैचोटी उत्तेजित हुन्छन् र अरु न्यूरोनलाई समेत उत्तेजित पार्दै सूचना प्रवाह गर्छन् ।
साइकल चलाउनेलाई मोटरसाइकल चलाउन सिक्ने कार्य सरल हुन सक्छ, किनकि साइकल कुदाउँदा न्यूरोनहरु मोटरसाइकल सिक्नलाई पनि प्रयोग हुन सक्छन् । सिकाइ भने कै न्यूरोन बीचको नयाँ सम्बन्ध वा सञ्जालको ‘सिर्जना गर्नु हो । आफूले सिकेको वा अनुभव गरेको कुरा भविष्यमा सम्झनु पर्दा सजिलो हुन्छ । मोटर साइकल चलाउन धेरै वर्ष छाडे तापनि पुनः चलाउनु प पऱ्यो भने तिनै पुराना न्यूरोनहरु पुनः सक्रिय बन्न थाल्छन् । जन्मजात आउने बंशाणु जडित साइनाप्सका कारण नवजात शिशुहरुले समेत परिवेश अनुरुप आफ्नो ब्यवहार देखाउन थाल्छन् । हामी सम्पूर्ण मानव जाति करिव उस्तै मस्तिष्क निओकर्टेक्स लिएर जन्मेका हुन्छौं । जन्मदा नै हामीलेसम्झनालाई सग्रह गने अरबौं साइनाप्स लिएर जन्मेका हुन्छौं ।
बाबुआमा जस्तै सन्तानले ब्यवहार प्रस्तुत गर्नुको मूल कारण सन्तानमा सरेर आएको बंशाणु, न्यूरल सञ्जाल तथा साइनाप्सका कारणले हो । धेरै कुरा बाबुआमासँग मिले तापनि हामी हाम्रो आफ्नो पहिचान दिन थाल्छौं । जब हामी हाम्रो चेतनाको मस्तिष्कलाई प्रयोग गर्न छोड्छौं, तब झर्नैं यी कुराहरु समान जस्तै लाग्न सक्छन् । सिकाइ र अनुभव दुबैको माध्यमबाट हाम्रो न्यूरोनको सञ्जाल र साइनप्सहरु मजबुत बन्ने गर्छ । सिकाइ र अनुभवको क्रम कम भयो भने न्यूरोनको सञ्जाल र साइनाप्स थपिने वा सुदृढ हुने क्रम पनि कम हुन्छ । एकोहोरो रुपमा हामी संधै एउटै काम गरिरहँदा हाम्रो मस्तिष्क पनि एकोहोरो हुन्छ, किनकि यस्तो कामले सधै त्यही न्यूरोल सञ्जाल र साइनाप्सलाई उत्तेजित पार्छ । एक किसिमले हाम्रो मस्तिष्क स्व–चालित प्रणालीको झै ब्यवहार गर्न थाल्छ र यसबाट हाम्रो सिर्जनशीलतामा खासै निखार आउन सक्दैन ।
मस्तिष्कबाट उत्सर्जन हुने विभिन्न रसायनहरुले फरक फरक अनुभूतिको सिर्जना गर्छन् । वास्तवमा अनुभूति भनेको रसायनिक सम्झनाहरु हुन । जति ठूलो घटना वा त्यसबेलाका अनुभूति हुन्छ, त्यति नै सम्झना पनि गाढा हुन्छ । न्यूरोल सर्किट र मस्तिष्कको रसायनको माध्यमबाट सम्झनाको रुपमा रहने नै हाम्रो अनुभूति हुन्छ । एउटै खालको सम्झनामा एकै किसिमको अनुभूति वा रसायनको सिर्जना हुन्छ । हामीले सिकेका, सम्झेका वा अनुभव गरेका सबैजसो कुराहरु सूचना वा अनुभूतिको रुपमा निओकर्टेक्समा संग्रहित हुन्छन् ।
समग्र मानव जातिको सफलता अनुभवबाट सिक्न सक्ने उस्को क्षमता त्यस अनुरुप आफूलाई ढाल्न सक्ने वा परिवर्तन गर्न सक्ने क्षमतामा आधारित हुन्छ । हामीले सिकेका कुराहरुबाट मस्तिष्कमा रहेका मुलायम न्यूरो प्लाष्टिक तन्तुहरु सुदृढ बन्न पुग्छन् । मुसामा गरिएको अध्ययनले समेत राम्रो वातावरणमा राखिएका मुसामा न्यूरोन र साइनाप्सको संख्या तथा मस्तिष्ककै आकारमा बृद्धि भएको पाइयो । यी मुसाहरुमा न्यूरोट्रान्समिटरहरुको मात्रामा तथा डेन्ड्राइटको संख्यामा समेत वृद्धि पाइयो । यस्तै प्रकृया मानिसमा समेत पाइयो । नयाँ ज्ञानको सिकाईले नयाँ अनुभवको सिर्जना हुन्छ । ज्ञानको अनुभवको संगमले नयाँ न्यूरोनको सिर्जना हुन्छ । अनुभव विनाको ज्ञान दर्शन हो, ज्ञान विनाको अनुभव अज्ञानता हो । यी दुवैको मिलन नै विवेक हो । हाम्रो मस्तिष्क र यस्को पनि निओकर्टेक्स भाग हामीलाई बौद्धिक तथा विवेकशिल बनाउने भाग हो ।
अनुभव र ज्ञानबाट विवेक तर्फ
बौद्धिक भनेको ज्ञानको सिकाई हो र विवेक भनेको अनुभवजन्य सिकाई । नयाँ सिकाईले नयाँ अनुभवको सिर्जना हुन्छ । अनुभवबाट भावनाको सिर्जना हुन्छ । जब हामी सचेतन रुपमा हामीले कसरी नयाँ अनुभव प्राप्त गर्यौं भन्ने कुराको खोजी गर्छौं तब ‘विवेक’ को सिर्जना हुन्छ । हामी कसरी अनुभवले प्राप्त गर्न सक्छौं भन्ने कुराको बुझाई नै विवेक हो । हामीले सिकेका, वुझेका, अनुभव गरेका कुराहरुको आधारमा आविभबि भएको अनुभूतिबाट प्राप्त हुने विवेकलाई ‘विकास’ऱ्या भनिन्छ । तलको चित्रबाट यो सम्बन्ध स्पष्ट हुन्छ ।
पुरानो सम्झना र अनुभवहरु तथा आफूले थाहा पाएका कुराहरुको आधारमा हामी हाम्रो सिकाई बनाउँछौं । कुनै कुरा हामीलाई थाहा नहुनु भनेको त्यसबारे हाम्रो पुरानो सोचाई नहुनु वा त्यस्ता न्यूरोन वा साइनाप्स हाम्रो मस्तिष्कमा नहुनाले हो । सिकाई बारेको सम्बन्धको सिद्धान्त (Law of Association) ले न्यूरोनहरुको सुदृढ संयोजन, पुराना विचारको वा कुनै विषय बारेका कुनै पनि सम्झनाका आधारमा सिकाई हुने गर्छ भन्ने कुरामा विश्वास गर्छ । अर्को सिद्धान्त पुनरुक्तिको सिद्धान्त (Law of Repetition) ले भने कुनै कुरा धेरै पटक दोहोऱ्याए पछि ‘सम्झना’ मा परिणत हुन्छ भन्ने कुरा बताएको छ । कुनै पनि कुरा दोहोऱ्याउन शुरुमा निकै कठिन हुन्छ तर यो क्रम जारी राखे पछि यो प्रकिया सहज हुन्छ । यदि नियमित रुपमा सोच्ने, कार्य गर्ने, देखाउने, अनुभव गर्ने गरेमा मस्तिष्कले मजबुत खालका साइप्नासको निर्माण गरी नयाँ र सबल मन विकास गर्छ । ब्यवसायिक खेलाडीहरुले एउटै चाल बारम्बार दोहोऱ्याई अभ्यस्त हुने कोशिश गर्नुको मुल कारण नै त्यसलाई मजबुत साइनाप्सका रुपमा मस्तिष्कमा राख्ने प्रयन्त गर्नु नै हो । हामीले यसरी सिकेका नयाँ ज्ञान, सीप, आचरण, काम विचार आदि न्यूरोनहरुको यस्तो सञ्जालमा ब्यवस्थित ढङ्गमा रहेका हुन्छन् । हरेक पटक जब हामी ती न्यूरोनहरुलाई उत्तेजित पार्छौ त्यति खेर नयाँ मन को सिर्जना हुन पुग्छ । न्यूरल सञ्जालको सक्रियतासँग क्रियाशिल अवस्था अर्थात मन पनि सक्रिय बन्न पुग्छ ।
बच्चाहरुले नियमित रुपमा प्राप्त गर्ने नयाँ सूचना र संवेगका निम्ति नयाँ न्यूरोन र साइनाप्सहरु बनाउँदै जान्छन् भने बयस्कहरु पहिला नै बनेका न्यूरोन वा साइनाप्समा त्यस्ता सूचनाहरु थुपार्दै जान्छन् । नियोकर्टेक्सको दायाँभागले नयाँ सूचना वा विचारलार्ई प्रशोधन गर्छ भने बाँयाले पहिले थाहा पाइसकेका विचार वा सूचनालाई प्रशोधन गर्छ । भनाइ के छ भने युवा अवस्थामा नयाँ संवेग दायाँ मस्तिष्कमा प्रशोधित हुने गर्छ र वयस्क हुदै जाँदा त्यस्ता सूचनाहरु बायाँ पटि सर्दै सम्झना (memory) का रुपमा संग्रहित हुन पुग्छन् । केटाकेटीमा दायाँ मस्तिष्क र वयस्कमा बाँया क्षति हुँदा बढी जोखिम हुनुको कारण पनि यही हुन सक्छ । सांराश्मा भन्नु पर्दा नयाँ ज्ञानको सिकाई र नयाँ अनुभवबाट मस्तिष्कमा नयाँ साइनाप्स सञ्जालको निर्माण हुन्छ । हामी नयाँ सिकाइलाई पहिले नै सिक्दा बनेका साइनाप्समा लगेर राख्ने गर्छौं ।
सिकाई त्यत्तिखेर हुन्छ, जब उस्तै संवेगका निम्ति विभिन्न न्यूरल जालोलाई हामी एकैचोटी उत्तेजित पार्छौ । नयाँ सूचनाबारे सिक्दा हामी विभिन्न मनका विभिन्न तहहरुलाई मिलाई एउटा नयाँ मनको सिर्जना गर्छौं । जति धेरै हामी एउटै तहका मनहरु बनाउँछौ, हामीले सिकेका कुरा सम्झन त नै सरल हुन्छ । नयाँ कुरालाई देखेर जब हामी पुराना सम्झनासँग मिलाएर हेर्छौ, त्यसबाट पनि एउटा नयाँ स्मरण वा सम्झनाको उदय हुन्छ । बाह्य संसारको हाम्रो अनुभवले शरीरमा नयाँ रसायनको उत्सर्जन हुन्छ जसबाट शरीरको रसायनिक संरचनामा नै हलचल पैदा हुन सम्छ । जति ठूलो बाह्य संवेग हुन्छ, त्यत्ति नै बढी सम्भावना पुरानो कुरा सम्झना वा नयाँ सम्झनाको निर्माण गर्ने रहन्छ । नब्बे सालको भूँइचालो वा राजदरबारको हत्याकाण्ड त्यसबेलाका मानिसहरुमा अहिले पनि ताजै छ । त्यस्तो सन्दर्भमा न्यूरल सञ्जाल वा साइनाप्समा निक्लने रसायनहरु घटना स्मरण गर्दा पुनः निस्कन्छन् र यसरी बनेका साइनाप्सहरु दीर्घकालिसम्म रहिरहन्छन् । विगतका सबै स्मरणहरु भावनाका रुपमा प्रस्फुटित हुन्छन्, त्यसैले अनुभवलाई विश्लेषण गर्दा त्यससँग सम्बन्धित भावनाका आधारमा गर्ने गरिन्छ ।
(लेखक विज्ञान तथा वातावरणका क्षेत्रमा कलम चलाउनु हुन्छ)।