images
images

'स्क्रन्ची' बनाउन प्रशिक्षण कार्यक्रम

काठमाडौँ, असार १ ।  

आज एक कार्यक्रम बीच  आइसीए  नेपालले सिन्धुपाल्चोकका महिलाहरुको दक्षता  बढाउन 'स्क्रन्ची' बनाउन प्रशिक्षण कार्यक्रमको सुभारम्भ गरियो । कर्किटार स्थित आइसीए  ट्रेनिङ्ग सेन्टरमा संचालित उक्त प्रशिक्षणमा १० जनाको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने यस प्रशिक्षणमा 'स्क्रन्ची' विषयक प्रशिक्षणहरु  अनिता गुरुङ, पुर्णिमा सुब्बा र  करुणा महतको सहभागिता रहेको छ।  

 

महिलाहरुले कपाल बाट्दा लगाउने स्क्रन्ची स्थानीय स्तरमै रोजगारीको सिर्जना गर्दै महिलाहरुको निमित्त आय आर्जनको मध्यम हुन सक्छ।  प्रशिक्षण पश्चात महिलाहरुले यसको व्यवसाय सुरु गर्ने उद्देश्यका  साथ सुरु भएको यो प्रशिक्षण अन्य स्थानहरुमा समेत दिइने संस्थाका निर्देशक इशु सुब्बाले बताउनु भयो।