images
images

समृद्धि फाइनान्सद्धारा ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक

काठमाडौं, असार ३
समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ । समृद्धि फाइनान्सको पाँच वटै शाखाबाट यो सेवा लिनन् यूनतम ५० हजार रुपैंयाँ देखि नै खाता खोल्न सकिने व्यवसाय प्रर्वधन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन । 
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।