images
images

गोलढुङ्गा, दृष्टिविहिन बालबालिका र इस्वरी प्रसाद धिताल  

                                                                                                -स्व.इस्वरी प्रसाद धिताल

म पहिलो पटक गोलढुङ्गा भाई सोम प्रसाद घितालसगँ गएको थिए । त्यो बेलामा धितालहरुको बंशवली तयार गर्ने योजनामा बन्धुहरु जुट्नु भएको थियो । बाटामा उनले इस्वरी प्रसाद धितालको सामाजिक योगदानको चर्चा गर्दै उहाँको सरलता सालीनता अनि बन्धु समाजलाई पर्याउनु भएको योगदान बारे सुन्दै हामी जादै थियौ । काठमाडौंमा फाट्टफुट्ट बसोबास गर्ने बाहिरबाट आएका धितालहरुलाई गोलढुङ्गाको धिताल थोक पुग्दा अर्कै आनन्दको अनुभूति हुने रहेछ । भुकम्प पहिलाको गाँउ शहर र गाँउको मिश्रित संस्कार पाहारीलो पाखो, पूर्वोत्तर मोहडा भएको गाँउ आफैमा सुन्दर र रमाइलो लाग्ने त्यसमा पनि इस्वरी प्रसाद सगँको भेट त्यँहा नयाँपन पटक्कै भएन । पहिलो दिनमै पहिला देखिको उठबस गरेको आफ्नै सहोदर दाजुलाई भेटे जस्तो उहाँको भ्रातित्व व्यवहार, कमै मान्छेमा पाइन्छ  त्यस्तो गुण ।
म मनमोहन कलेज सोह्र खुट्टेमा पढाउदा एउटा भाई अशोक धिताल पढ्नुहुन्थ्थो, अनि घर सोध्दा गोलढुङ्गा भन्नुभयो । मलाई घर बस्ति यति बाक्लो होला भन्ने चाहि सोच थिएन । मनमोहन कलेज छाडेर हामीले एउटा स्कूल नयाँ बजारमा चलाउन सुरु गर्यौ त्यो समयमा एकीकृत नेत्रहिन विकास संघ भन्ने सम्पर्क हुन पग्यो । त्यो संस्थाको तत्कालीन अध्यक्ष विनोद काफ्ले र कार्यकारी निर्देशक सुनिता पन्तले आफ्नो संस्था र इस्वरी प्रसाद धितालको बारेमा व्याख्या गर्नुभयो । संस्थामा सबै दृष्टि विहिन साथिहरु मात्र हुनु भएको, संस्था पुरै घाटामा पुगेको, इस्वरी सरले काम गर्न २० रोपनी जमिन मिलाईदिनुभएको, त्यो सरकारी प्रोसेसमा रहेको ,संस्थाले पहिला खुला मञ्चमा पुराण लगाउदा पुरै घाटामा गएको, इस्वरी प्रसाद धितालले पुरै सहयोग गरेर संस्थालाई जोगाइ राख्नु भएको, उहाँको योगदान बारेमा मैले संस्थामा सुनेको बयान यस्तो थियो ।  
 इस्वरी प्रसाद धिताल तत्कालीन गाउँपालिकाको अध्यक्ष निर्वाचीत हुनुहुदो रहेछ । उहाँलाई गाऊमा विशेष मास्टर साहेब भनेर चिन्दो रहेछन् । धिताल थोक जाने बाटोमा पृथ्वी नारायण मा.वि. उहाँहरुको पहलमा स्थापना र विकास भएको र उहाँ पढाउने शिक्षक पनि हुनुहुदो रहेछ,मलाई उहाँको नाम र सामाजिक क्रियाकलापले पनि म उहाँप्रति असाध्यै आक्रषित थिए । मेरो गाउँ गोरखा तान्द्राङ हाल भिमसेन थापा गाँउपालिकामा तत्कालीन गाउँ पंञ्चायतको बुबा इस्वरी प्रसाद धिताल प्रधान पञ्च हुनुहुन्थ्थो अनि समाजसेवी पनि उस्तै मलाई इस्वरी प्रसाद धिताल प्रति गौरव र भावनामा नै असाध्यै श्रद्धाभाव प्रकट हुन्थ्थो ।  
एक दिन बालाजुमा दृष्टिविहिन साथिहरुसँगको मीटिङ मा मैले प्रस्ताव गरे तपाईहरु यदि तपाईहरुको सस्था राम्रोसगँ चलाउने हो भने दृष्टिविहिन बालबालिका पढाउने छात्रावास खोल्नुहोस यस्ले माया र निरन्तरता पाउने छ । मलाई त्यो ठाँउ धिताल थोक यसै प्यारो थियो ,त्यसमा म गोरखा जन्मिएको मान्छे पृथ्वीनारायण मा.वि.को नाम यसै लोभ लाग्दोे भयो । अनि इस्वरी माड्साबको स्वभाव र दृष्टिविहिन प्रतिको उद्धार भावले गर्दा हामीले हाल पृथ्वीनारायण मा.वि.मा बिस जना जति नानी बाबुहरुलाई पढाउन सफल  भैसकेका छौ । यो दश वर्षको अवधिमा ति बालबालिकालाई मनै देखि माया गर्ने,त्यो छात्रावासको समस्याको बारेमा सोध्ने र समस्या हल गर्न प्रयत्न गर्ने उहाँको स्वभाव साँच्चै अभिभावकीय थियो । उहाँले पार्थिक शरिर त्याग्ने बेला सम्म पृथ्वीनारायण मा.वि को संचालक समितिको अध्यक्षको हैसियतले त्यहाको निर्माण, बालबालिकाको पठनपाठन र दृष्टिबिहिन बालबालिका प्रतिको मोहले उहाँमा मृत्यु सँग लड्दा पनि देखिएको प्रखर सामाजिक भावनाले उहाँलाई स्तुत्य र चीर स्मरणको पात्र सावित गरेको छ । अहिले पनि उहाँ हुनुहुन्न जस्तो लाग्दैन तर दैवको नियतिलाई कसैले टारेर टार्न  सक्दैन,उहाँको पाञ्च भैतिक शरीर नभए पनि उहाँको आत्माले गोलढुङ्गा र पृथ्वीनारायण मा.वि र सामाजिक परिवेशको अनुगमन गरी रहने छन् जस्तो लाग्छ । 
आसा छ उहाँका सुपुत्रहरु विवेक र अर्जुन बुबाको मुरादलाई साकार पार्न लागि पर्नु हुने छ । अन्त्यमा स्व.इस्वरी प्रसाद धितालको समाज सेवा प्रतिको मोह निस्वार्थ समाज सेवा, बन्धु बान्धव प्रतिको मोह र सिंगो राष्ट्रको लागि  उहाँले गरेको सामाजिक राजनैतिक चेतनाले गोलढुङ्गा तारकेश्वरको सेरोफेरोमा मूर्त रुप लियौ भने उहाप्रति श्रद्ध सुमन हुनेछ ।  
                                                                                                    - शारदा प्रसाद धिताल